Jilla Ban Notis

प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता शुरु

0 30

कृष्ण ढकाल
बर्दघाट,चैत्र–१

खेललाई रोजगारी र ब्यवसायिकतासित जोडेर विभिन्नखालका योजनाहरु अगाडी बढाउन तर्फ तीनै तहका सरकारले विषेश योजना अघि सारेको लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीले बताउनु भएको छ । प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिताको समुद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सभासद अधिकारीले सो कुरा बताउनु भएको हो ।
उहांले बर्दघाट नगरक्षेत्रवाट राष्ट्रिय स्तरमा समेत थुप्रै खेलाडीहरु उत्पादन भएको स्मरण गराउदै अबका दिनमा पनि त्यस प्रकारका राष्ट्रिय खेलाडीहरु उत्पादनका लागि बर्दघाट नगरपालिकाले विषेश भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिनु भएको थियो । त्यसैगरी प्रदेस सभासदस्य अधिकारीले खेल मैदान र खेलाडीहरुको लागि आवश्यक पर्ने अन्यकुराहरुको ब्यवस्थापनका लागि प्रदेश सरकार र स्थानिय सरकार सहकार्य गर्दे अघिबढी रहेको समेत बताउनु भएको थियो ।

बर्दघाट नगरपालिकाको आयोजनामा भएको प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिताको समुद्घाटन कार्यक्रम नगर प्रमुख धिरज शर्मा बस्यालको अध्यक्ष र लुम्बिनी प्रदेश सभासदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आतिथ्यतामा भएको थियो ।  कार्यक्रममा बर्दघाट नगरपालिका वडा नं. ४ का वडाध्यक्ष्ँ रविन्द्र विक्रम हमाल,बर्दघाट नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत मेघनाथ पाध्यय,बर्दघाट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्तोष श्रेष्ठ,नव जिवन माविका विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष डिलाराम चालीसे ,नगर शिक्षा शाखा प्रमुख ईन्द्र बहादुर कुवंर,गांगा माविका प्र.अ. रामविलास पौडेल लगाएतले आ–आफ्ना भनाईहरु राख्नु भएको थियो भने कार्यक्रमको संचालन अर्जुन पौडेलले गर्नु भएको थियो ।

बर्दघाट–४, बाढीपिडितमा रहेको नव जिवन माविमा भएको प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगितामा भलिबल,हाईजम्प,लम्जम्प,सट्फूट,ज्यावलीङ्ग थ्रो र रनिङ्ग लगाएतका खेलहरु संचालन हुने बताईएको छ । जस्मध्ये रनिङ्न तर्फ १ सय,२ सय र४ सय मिटरको सिंगल÷सिङ्गल तथा ४ सय र १६ सय मिटरको रिले दौड प्रतियोगिता हुने छन । त्यसैगरी सटफूट तर्फ छात्राका लागि ८ पाउन्ड र छात्रका लागि १२ पाउन्डको सटफूट प्रतियोगिता हुने बताईएको छ ।

आजवाट शुरु भएको प्रर्थम बर्दघाट नगर स्तरिय राष्ट्रिपति रनिङ्ग शिल प्रतियोगिता आगामी ३ गते सम्म संचालन हुने छ ।जस्मा बर्दघाट नगरका संस्थागत तथा सामुदायिक २६ विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.