Jilla Ban Notis

प्रदेश सरकार शिक्षा स्वास्थ्यमा ५ करोड बजेट बिनियोजन गरेर अघि बढेको छ ः मन्त्री बराल

0 38

गौरीशंकर जयसवाल

परासी २१ पुस

प्रदेश नं ५का सामाजिक बिकास मन्त्री सुर्दशन बरालले प्रदेश नं ५ सरकारले शिक्षा स्वास्थ्यमा लागनी गरेर अघि बढेको बताएका छन । उनले उच्च शिक्षा अध्ययनका लागि बिद्यार्थिहरु बाहिर जानुपर्ने अवस्थालाई अन्त्य गर्न प्रदेश सरकार लागि परेको र जसका लािग बिभिन्न शिक्षालयहरु संग परामर्श भइरहेकोले छिट्टै नै उच्च शिक्षाका लािग बिद्यार्थिहरु बाहिर जानुपर्ने अवस्था नआउने दावि गरे । आज पश्चिम नवलपरासीमा रहेको सुनवल सामुदायिक सिकाई केन्द्र सुनवल १ सोमनाथको जिवन योग प्रयोशाला भवन समुद्घाटन गदै मन्त्री बरालले साइन्स र गणित बिषयको शिक्षालाई उच्च दिनको लागि प्रदेश सरकारले ५ करोड बजेट बिनियोजन गरेको जानकारी गराएका थिए । निजि क्षेत्रलाई इङिगत गर्दै मन्त्रि बरालले शिक्षामा सिन्डिकेट सरकारलाई मान्य नहुने भएकाले निजि क्षेत्र सरकार र समुदाय काधमा काध मिलाएर नगए सम्म सरकार समृद्ध नहुने ।  तल्लो तहमा अध्ययन गर्ने बालबालिकालाई ५ किलो मिटर भन्दा टाढाको बिद्यालयमा पढ्न पठाउन नपाउने कार्यक्रम प्रदेश सरकारले ल्याउन लागेको मन्त्री बरालले बताए । प्रदेश ५ का १ सय ९ स्थानिय तह मध्य सुनवल नगरपालिकाले शिक्षा,स्वास्थ्य, महिला, बालबालिका, श्रम ,रोजगार, युवा ,खेलकुद लगायत इन्डिकेटरलाई प्राथमिकतामा राखेकोमा प्रशंसा व्यक्त गदै बरालले शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा प्रयाप्त लगानि गर्ने आफ्ना खास योजना साथ अगाडि बढेकोमा सुनवल नगरपालिकालाई धन्यवाद ज्ञापन गरेका थिए ।

यस्तै सुनवल नगरपालिकाका नगरप्रमुख भिमबहादुर थापाले महिला, बालबालिका, ज्येष्ठ नागरिक सबैको क्षेत्रमा सुनवल नगरपालिकाले बिशेष काम गरिरहेको बताउदै महिलालाई समृद्ध बनाउन सवै वडामा महिला उद्यम केन्द्र स्थापना गरिएको , जेष्ठ नागरिकको उचित स्याहार संम्भारमा सिकाई केन्द्रबाट थप मद्यत पुगेको बताए । उनले शिक्षा र प्रबिधि संगसंगै गएमा मात्र उचित परिणाम आउने बताउदै सामुदायिक र सस्थागत बिद्यालयलाई कुनै भेदभाव नगरि समान रुपले अगाडि बढाउने आफ्नो योजना रहेको बताएका थिए ।

सिकाई केन्द्रका अध्यक्ष उमानाथ पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सुनवल नगरपालिका उपप्रमुख दधिराम आर्यल उद्योग बाणिज्य ससंघका अध्यक्ष केशवभण्डारी, प्याप्सन सुनवलका अध्यक्ष शंकर गौतम,सिकाई केन्द्रका उपाध्यक्ष सञ्जय श्रेष्ठ, नेकपा जिल्ला अध्यक्ष भविश्वर तिवारी, रमेश भुसालले लगायत शुभकामना व्यक्त गरेका थिए । सुनवल सिकाई केन्द्र नवनिमित ४ कोठा रहेको भवन बनाउदा कुल २९ लाख ९८ हजार लगात निमार्ण भएको अध्यक्ष पोखरेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.