Jilla Ban Notis

प्रदेश नं. ५ को नाम मथालु वा थारु मगरात प्रदेश राख्नु पर्छ ः दल बहादुर विरकट्टा मगर

0 36

कृष्ण ढकाल
वडेरा,फागुन–१५
मगर सभ्यता,थारु सभ्यता र विश्व शान्तिका अग्रदुतको जन्मस्थल लुम्विनीलाई जोडेर प्रदेश नं. ५ को नाम मथालु वा थारुमगरात प्रदेश राख्नु पर्ने नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर विरकट्टा मगरले बताउनु भएको छ । उहांले मगर सभ्यताको बहुल्यता रहेको यस प्रदेशमा मगर सभ्यताको नै अस्तीत्व मेटाउन खोजीएको आरोप समेत लगाउनु भएको छ । नेपाल मगर संघ सुनवल नगर समितिले आयोजना गरेको ३८ औ मगर स्थापना दिवसको विषेश कार्यक्रमलाई सम्वोधन गर्दै मगर नेता विरकट्टा मगरले सोकुरा बताउनु भएको हो । उहांले नेपालका हरेक जनआन्दोलनहरुलाई सफलतामा पुयउने काममा मगर समुदायहरुको उल्लेखनीय भुमिका रहेको स्मरण गर्दै आन्दोलनको सफलता पछि सत्ता र शक्तिमा पुगेका स्वयम मगर नेताहरुले पनि पछि मगर समुदायहरुकै मागहरु विर्सीने गरेको अरोप लगानु भयो । उहांले प्रदेश नं. नम्वर ५का प्रायजसो स्थानका वस्ती,खोला–नाला र पहाडहरु समेत मगरभाषाका नामले नमाकरण गरीएको भन्दै अब प्रदेश न.. ५ को नाम जसरी भएपनि मगरहरुको पहिचान झल्कनेगरी नामाकरण गरीनु पर्ने धारणा राख्नु भएको थियो ।
नेपाल मगर संघ सुनवल नगर समितिका अध्यक्ष मन बहादुर थापाको अध्यक्षता र नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दल बहादुर विरकट्टा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न् ३८ औ मगर स्थापना दिवस कार्यक्रममा सुनवल नगरपालिकाका नगर प्रवक्ता तथा वडा न.. १३ का वडाध्यक्ष कृष्ण प्रसाद देवकोटा,मिलन तमु लगाएत मगर अगुवाहरुले आ आफ्ना भनाईहरु राखेका थिए । ३८ औ मगर स्थापना दिवस मनाउने क्रममा नृत्य प्रतियोगीता,महिला तथा पुरुष भलिवल प्रतियोगिता,धनुष बाण प्रतियोगित,महिला डोरी तान प्रतियोगिता लगाएतका खेलकुदका कार्यक्रमहरु फागुन १२ गते देखि संचालन गर्दै आएको थियो ।
यता ३८ औ मगर स्थापना दिवस मनाउने क्रममा बर्दघाटको हरियाली नगरमा पनि बर्दघाट आसपासका मगर समुदायहरुले विभिन्न कार्यक्रमको आयोजान गरी दिवस मनाएका छन् । कार्यक्रम नेपाल मगर संघ बर्दघाट नगरकमीटीको आयोजनामा सम्पन्न् भएको नगर उपाध्यक्ष नर बहादुर थापाले जानकारी दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.