Jilla Ban Notis

प्रतापपुर र सरावल गाँउपालिकाका २ सय ६५ बाढीडुबान घरपरिवारका लागि त्रिपाल र टेण्ट आयो ।

0 26

रामु भुसाल
बर्दघाट,असोज–६
अबिरल बर्षका कारण घर डुबानमा परेका पश्चिम नवलपरासीका बाढि प्रभावितलाई राहत स्वरुप त्रिपाल र टेण्ट बितरण गरिने भएको छ । नेपाल भारत महिला मैत्री समाज काठमाण्डौको पहलमा भारत सरकार बाट प्राप्त सहयोगमा प्रभापितहरुलाई सो सामाग्री प्रदान गर्न लागिएको हो । पश्चिम नवलपरासीका सरावलका २ ओटा वार्ड र प्रतापपुरको एउटा वार्डमा १ यस ५ घरपरिवारलाई टेण्ट र १ सय ६० घरपरिवारलाई त्रिपाल वितरण गरिने छ । आज मंगलबार सरावलको सेमरीमा एक कार्यक्रमको आयोजना गरी सो सामाग्री प्रतापपुर गाउपालिका र सरावल गाउपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक को अध्यक्षता नेपाल भारत महिला मैत्री समाज केन्द्रिय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चन्दा चौधरी को प्रमुख आतिथ्यता मा सम्पन्न जिल्लाका बाढि तथा पहिरो पिडित परिवारका लागी राहत वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाज की अध्यक्ष चन्दा चौधरीले आफूहरुको पहलमा भारतीय राजदुतावास र नेपालको अर्थ मन्त्रालय को सहयोगमा सो सामाग्री प्रदान भएका ५ सय टेण्ट र ८ सय त्रिपाल नेपालका ५ ओटा अति प्रभावित जिल्ला सिन्धुपाल्चोक , महोत्तरी सर्लाही कैलाली र नवलपरासीमा वितरण गरिएको बताउनु भयो कार्यक्रम मा प्रमुख अतिथि चौधरीले बोल्दै सामाजिक विपत्तिको बेला सबैले सहयोग गर्नु पर्ने र सो बेला पार्टि, जाती नहेरी कन बास्तविक पिडितलाई सहयोग गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रमका अध्यक्ष समेृत रहनुभएको प्रमुख जिल्ला अधिकारी पाठकले स्थानिय विपद् व्यवस्थान समिति ले बास्तविक अनुगमन गरी राहत सामाग्री पिडित समक्ष पुर्याउन आफु कटिबद्ध रहेको र सोका लागी सबैले सहयोग गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा प्रतापपुर गाउपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुकुमारी चौधरी सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी , स्वतन्त्र समुहका संयोजक राधेरमण पाण्डे लगायतले मनतव्य राख्नु भएको थियो ।

नवलपरासीमा सरावलको वार्ड नं. ६ मा ९० घर परिवारलाई ४५ टेण्ट र ४५ त्रिपाल बितरण गरिने छ भने वार्ड नं. ७ मा ६० घर पपरिवारलाई ३० टेण्ट र ३० त्रिपाल प्रदान गरिने र प्रतापपुर गाउपालिकाको वार्ड नं। ३ मा ६० घर परिवारलाई ३० टेण्ट र ३० त्रिपाल वितरणका लागी जिल्लामा १०५ टेण्ट र १६० त्रिपाल उपलब्ध भएको समाज का प्रदेश नं. ५ का सम्नव्यकर्ता अंगत यादवले बताउनुभयो । सो कार्यक्रम नेपाल गण्डक सिचाई जल उपभोक्ता सस्थाका अध्यक्ष हैदर अलि मोमीनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतापपुर गाउपालिका वास सहजकर्ता शान्ति विकले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.