Jilla Ban Notis

प्रतापपुरको खुल्ला सिमाबाट नेपाल छिर्नखोज्ने १५ जनालाई प्रवेशमा रोक लाई फिर्ता पठाइयो

0 20

अंगद यादव

प्रतापपुर,२७ बैशाख

नवलपरासी पश्चिमको विभिन्न नाकामा भारतबाट नेपाल छिर्ने क्रममा सशस्त्र प्रहरी बल गूठी प्रसौनीले सिमानाकामा रोकि भारत फिर्ता पठाएको छ । भारतको मुम्बई गुजरात लगायतको राज्यबाट आएर नवलपरासीको प्रतापपुर गाउपालिकाको बहहिया भैरवपुर नाकाबाट ९ जना, धर्मौलीबाट १ जना ,कठहवाबाट १ जना र सुस्ता गाउपपलिकाको बनकट्टी नाकाबाट ४ जना गरि कुल १५ जना खुल्ला सिमाबाट नेपाल छिर्न खोज्दा सीमामा तैनाथ सशस्त्र प्रहरीले प्रवेश गर्न नदिई फिर्ता पठाएको छ । सशस्त्र प्रहरी बल नेपाल बीओपि गुठी परसौनीले भारतबाट आएका १५ जनालाई दशगजा नजिकै बाट नियन्त्रणमा लिई उनिहरुलाई भारतीय सीमा सुरक्षा बल झुलनिपुरको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल निरिक्षक सुमन अधिकारीले जनाए । एसएसबी झुलनिपुरको जिम्मा लगाइएको १५ जनालाई भारतको महराजगंज जिल्ला निचलौल स्थित क्वारेन्टाइनमा राखिने अधिकारीले बताए ।

Leave A Reply

Your email address will not be published.