Sarawal sit lahar Notis

प्याप्सन सुनवलद्धारा पाँच दिने ग्रेडवुद्धि सम्बन्धि उत्पे्ररणमुलक प्रशिक्षण । 

0 36

राज चौधरी
सुनवल,पौष–४
निजि बिद्यालयहरुको छाता संगठन प्याप्सन सुनवलले पाँच दिने ग्रेडवुद्धि सम्बन्धि उत्प्रेरणामुलक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । यहि चैत्र ६ गते देखि सुरु हुने माध्यमिक शिक्षा परिक्षा यसइइमा सहभागि हुने बिद्यार्थिलाई मध्यनजर गर्दै कार्यक्रम संचालन गरेको प्याप्सन सुनवलका संयोजक शंकर गौतमले जानकारी दिनुभयो । उक्त पाँच दिने गे्रडबृद्धि सम्बन्धि उत्प्रेरणामुलक कार्यक्रममा सुनवल नगरभित्रका प्याप्सनमा आवद्ध १६ वटा माबिका ५ सय ३१ जना बिद्यार्थिको सहभागिता रहेको थियो । सो अवसरमा बिद्यार्थिहरुलाई परिक्षाको तयारीमा एकाग्रह भएर ध्यान संग लाग्न आग्रह गर्दै अध्ययनसंग सम्बन्धित बिषयबस्तुहरुका बारेमा परिक्षण दिइएको थियो । यस किसिमका कार्यक्रमले बिद्यार्थिहरुलाई भरपुर सहयोग पुग्ने प्याप्सन सुनवलका सचिव पदम चन्द ठकुरीले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.