Jilla Ban Notis

पृथ्वी चन्द्र अस्पताल परासीमा ओपिडि सेवा बन्द ।

0 80

परासी, जेष्ठ १
पृथ्वी चन्द्र अस्पताल परासीको आईसोलेसनमा प्रतापपुरका एक कोरोना संक्रमितलाई राखिएपछि अस्पतालले आकस्मिक र प्रसुती बाहेकका सबै सेवा बन्द गरेको छ । जिल्लामा कोरोना संक्रमित फेला पर्न थालेपछि पृथ्वी चन्द्र अस्पताल परासीमा आईसोलेसन कक्षको विस्तार गरिएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुल होदाले जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा कोराना संक्रमितलाई राखिएको र उनको उपचारमा थप ध्यान दिनुपर्ने र स्वास्थ्य सुरक्षाको हिसाबले पनि जोखिम भएकाले नियमित ओपिडि सेवा बन्द गरिएको हो । अस्पतालमा गम्भिर अवस्थामा नरहेका बिरामीलाई पनि बुधबारनै डिस्चार्ज गरिएको छ । भोली संक्रमित बढ्दै गए थप जोखिम हुने र ओपिडिको लागी प्रयोग भएको स्थानमा पनि आईसोलेसन स्थापना गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले पहिल्यै सजगता अपनाईएको डाक्टर होदाको भनाई छ । कोरोना संक्रमण फैलिरहदा पनि अस्पतालमा बिरामीको चाप भने घट्न सकेको थिएन् । अब कोरोना संक्रमितको निगरानीका लागी सिसि क्यामेरा जडान गर्ने तयारी छ ।   यस्तै थप ६ वटा बेड थप गरिएको डाक्टर होदाले बताउनुभयो । यसअघि ४ ओटा मात्रै बेड रहेको आईसोलेसन कक्षमा अब १० बेड भएका छन् । बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष अस्पतालमा बेड अभाव भएको र संक्रमित बढ्दै गए परासीमै राख्नुपर्ने भएकाले आईसोलेसन कक्षको विस्तार गरिएको अस्पताले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.