Sarawal sit lahar Notis

पुष २३ गते ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ संचालन हुदै ।

0 28

पुजा लम्साल

सुनवल,१६ पुस
पश्चिम नवलपरासीको सुनवलमा आगामि पुष २३ गते ‘प्रथम सिद्धार्थ शिक्षक फुटसल प्रतियोगिता २०७६’ संचालन हुने भएको छ । ‘अनाथ बालबालिकाको संरक्षण हाम्रो जिम्मेवारी’ भन्ने नारा सहित सिद्धार्थ बालक्लव सुनवल ४ नवलपरासीले फुटसल प्रतियोगिता संचालन गर्न लागेको हो । प्रतियोगितामा सहभागि हुन नगर भित्रका सम्पुर्ण बिद्यालयलाई आग्रह गरिएको छ । यसैगरि पुष २० गते सम्म टिम दर्ता गर्न सकिने शिद्धार्थ सिसु सदन इंलिस स्कुलका प्रिन्सिपल पदम चन्द ठकुरीले जानकारी दिनुभएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद रु १० हजार र द्धितिय हुने टिमले नगद रु ७ हजार सहिद मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक सस्था सिद्धार्थ बालक्लवले जनाएको छ । यसैगरि सेमिफाइनल प्रवेश गर्ने टिमलाई नगद रु ३ हजार प्रदान गरिने पनि आयोजकले जानकारी दिएको छ । सामाजिक कार्यमा बाल क्लव सक्रिय रहेको छ ।

सुनवल वडा न ४ मा लक्ष्मिपथ सामुदायिक बिकास केन्द्र भवन निर्माण उपभोक्ता समिती गठन । 

पश्चिम नवलपरासीको सुनवल वडा न. ४ मा लक्ष्मिपथ सामुदायिक बिकास केन्द्र भवन निर्माण उपभोक्ता समिती गठन गरिएको छ । लक्ष्मिपथ सामुदायिक बिकास केन्द्रको सभाहलमा भएको भेलामा बृहत छलफल गरि नारायण सापकोटाको अध्यक्षतामा ७ सदस्यीय भवन निर्माण उपभोक्ता समिती गठन गरिएको हो । जसको सचिबमा रुपा भट्टराई क्षेत्री, कोषाध्यक्षमा शंकर चोखाल रहनुभएको छ । यसैगरि सदस्यहरु क्रमशः सिता रसाइली, प्रदिप अर्याल, रुबिका कवर र योगेश कवर चयन हुनुभएको सुनवल वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरले जानकारी दिनुभयो । त्यसैगरि सपना अधिकारी थापा छेत्रीको संयोजकत्वमा ५ सदस्यीय अनुगमन समिती पनि गठन भएको उहाले जानकारी दिनुभयो । जसको सदस्यहरुमा गोबिन्द प्रसाद ढकाल, सन्जय कुमार श्रेष्ठ , भिमा बि क र राधा सापकोटा रहनु भएको छ । सामुदायिक बिकास केन्द्रका अध्यक्ष सपना अधिकारी थापा क्षेत्रीको अध्यक्षता तथा सुनवल वडा नम्बर १ का वडा सदस्य मन बहादुर थापा मगरको बिशेष उपस्थितिमा भएको उक्त भेलामा सामुदायिक बिकास केन्द्रका सदस्य, समाजसेबि, बुद्धिजिवी,स्थानियबासि लगायतको सहभागिता रहेको थि यो ।

Leave A Reply

Your email address will not be published.