Jilla Ban Notis

पुष्प सहकारीको २० औं साधारणसभा ।

0 33

वि.पि. गौतम

बुटवल, मंसिर ८

बुटवल–७ मा अवस्थित श्री पुष्प बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष चरण तिमल्सेनाको अध्यक्षता तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीको प्रमुख आतिथ्यतामा साधारणसभा भएको हो । साधारणसभामा असल कारोबारी, एसइईमा उत्कृष्ट नतिजा ल्याउने शेयर सदस्यका छोराछोरी, जेष्ठ सदस्यलाई सम्मान गरिएको छ । यसरी सम्मानित हुनेमा असल कारोबारीतर्फ नुमकला पंगेनी, होमबहादुर बोहरा, जेष्ठनागरिकतर्फ दिब्बीकुमारी बसेल, चुडामणि खनाल, उत्कृष्ट विद्यार्थीतर्फ करिष्मा पोखरेल, अरुण क्षेत्री, अभिनभ न्यौपानेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा बोल्दै बुटवल उपमहानगर प्रमुख सुवेदीले सहकारीलाई उत्पादनमुलक क्षेत्रमा लगानी बढाउन आग्रह गर्दै यसमा नगरपालिकाले पनि सहकार्य गर्न सक्ने बताउनुभयो । त्यसअवसरमा समाजसेवी देवेन्द्र घिमिरे, जिल्ला सहकारी संघकी सचिव टिका न्यौपाने, कोषाध्यक्ष सन्दिप सापकोटा, वडाध्यक्ष कमलप्रताप थापा, मेचीकाली सहकारीका बालाराम भट्टराई, मिनप्रसाद न्यौपानेलगायतले बोल्नुभएको थियो ।

सहकारीकी सचिव कल्पना थापाको सञ्चालन, उपाध्यक्ष युवराज अमगाईंको स्वागतमा भएको साधारणसभाले कोषाध्यक्ष विष्णु केसीले आर्थिक तथा लेखा समिति संयोजक गुरुदत्त पौडेल लेखा प्रतिवेदन पारित गरेको छ । ४२२ जना महिलासहित कुल ७४३ जना सेयर सदस्य रहेको पुष्प सहकारीको हाल शेयरपूँजी १ करोड १६ लाख ९१ हजार रुपैंयाँ छ भने कर्जा लगानी ९ करोड ९ लाख ५८ हजार पुगेको छ । यस्तै बचत ८ करोड २८ लाख ८९ हजार रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ । सहकारीले गत आर्थिक वर्षमा ७ लाख २१ हजार मुनाफा गर्न सफल भएको छ ।

Leave A Reply

Your email address will not be published.