Jilla Ban Notis

पाल्हीनन्दन गाउंपालिकाद्धारा कृषकहरुलाई निःशुल्क कृषि सामाग्री बितरण ।

0 41

गौरीशंकर जयसवाल

परासी असार २४
पाल्हीनन्दन गाउंपालिकाले कृषकहरुलाई निःशुल्क कृषि सामाग्री बितरण गरेको छ । पाल्हीनन्दन गाउंपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले गाउंपालिका भित्र कृषि पेशा र पशुपालन गर्ने कृषकहरुलाई एक कार्यक्रम बिच निःशुल्क कृषि सामाग्री बितरण गरेका हुन । कृषि पेशा र पशुपालन गर्ने कृषकहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले कृषि सामाग्री बितरण गरिएको गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । उनले गाउंपालिकाले कृषिलाई बिशेष प्रथामिकतामा राखेर काम गरिरहेको बताए ।उनले भने गाउंपालिकाले कृषकहरुलाई अत्मानिर्भर बनाउनको लागि हाते टयाक्टर पम्पुसेट बितरण गरिएको आगामी दिनमा थप कृषकहरुको अवश्यकता अनुसार कृषि सामाग्री बढने योजना रहेको बताएका छन् । मुख्य मन्त्री ग्रामीण बिकास परियोजना कार्यक्रम अन्तर्गत पशुपालन प्रणाली र कृषि पेशा अगाडी बढाउन निम्ति शर्तप्रतिशत अनुदानमा कृषि समाग्री बितरण गरिएको हो । गाउपालिकामा दर्ता भएका २७ कृषकहरुको समूह पावर स्प्रेयर ९० थान ,मिल्क क्यान २७ वटा क्यासियम पौटिक आहार बितरण गरिएको गाउंपालिका प्रमुख प्रशासकिय अधिकृत राजन कुमार श्रीवस्तावले जानकारी दिए । करिब पांच लाख बराबराको कृषि सामाग्री बितरण गरिएको बताइएको छ । कृषकहरुले कृषक समागा्री पाउदा धेरै खुसी व्यक्त गदै अगामी दिनमा गाउंपालिका किसानहरुलाई कृषि पेशालाई अगाडी बढाउनमा यस्तै काम गदै जाऔस भन्दै गाउंपालिकालाई धन्यवाद दिएका थिए ।
                                         https://www.youtube.com/watch?v=RwLamGt3118&t=77s

Leave A Reply

Your email address will not be published.