Jilla Ban Notis

पाल्हीनन्दनमा चैतदेखि विदेशबाट फर्किएका ५१ जना सबै निगरानीमा ।

0 21

मोहन पौडेल
परासी, वैशाख –१२
गत चैत्रदेखि हालसम्म पाल्हीनन्दन गाउँपालिकामा भारत तथा अन्य मुलुकबाट गरी ५१ जना विदेशबाट फर्किएका छन् । ती मध्ये ३१ जनालाई संस्थागत क्वारेन्टाईन र २० जनालाई होम क्वारेन्टाईनमा राखि निगरानी गर्दै आएको गाउँपालिकाले जनाएको छ । उक्त अवधिमा भारतबाट ४७ जना, कतारबाट दुई र मलेसियाबाट दुई जना रोजगारीबाट फर्किएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन श्रीवास्तवले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको क्वारेन्टाईनमा गत चैत १३ देखि हालसम्म ३१ जना भर्ना भएको र ती मध्ये १९ जनालाई डिस्चार्ज गरिएको उहाँले बताउनुभयो । अब १२ जना संस्थागत क्वारेन्टाईनमा रहेका छन् । संस्थागत क्वारेन्टाईनमा बसेका १९ जना र होम क्वारेन्टाईनमा बसेका २० गरी हाल ३९ जना होम क्वारेन्टाईनमा रहेको गाउँपालिकाका विपद् व्यवस्थापन संयोजक प्रदीप तिवारीले बताउनुभयो । क्वारेन्टाईनमा रहेका १६ जनामा आरडीटी टेष्ट गर्दा सवैको रिर्पाेट नेगेटिभ आएको उहाँले बताउनुभयो ।
विदेशबाट फर्किनेमा वडा न. १ मा नौ जना, वडा नं. २ मा १९ जना, वडा नं. ३ मा १२ जना, वडा नं. ४ मा २ जना, वडा नं. ५ मा तीन जना र वडा नं. ६ मा चार जना छन् भने सुनवल र कपिलवस्तुका एक÷एक जना रहेको तिवारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.