Jilla Ban Notis

परासी मेलामा दर्शकको ओईरो, ज्योतिले मच्चाईन् धमाका ।

0 45

मोहन पौडेल

परासी, ७ मंसिर

नवलपरासी औद्योगिक व्यापार मेला २०७६को पाँचौ दिन आज दर्शकहरुको ओईरो लागेको छ । मेलाको सास्कृतिक मञ्च, स्टल, बाल उद्यान लगायतमा दर्शकहरुको खचाखच भीड लागेको थियो । आजको मेलामा हजारौँ दर्शकहरुले मेलाको अवलोकन गरेको मेलाका टिकट व्यवस्थापन उपसमिति संयोजक शिवकुमार खड्काले बताउनुभयो ।  मेलामा आज चर्चित गायिका ज्योति मगरले आफ्ना चर्चित गीतहरु मार्फत धमाका मच्चाएकी थिईन् । ज्योति मगरका गीतहरुमा दर्शकहरु नाच्दै गाउँदै रमाएका थिए । यसैगरी भोजपुरी क्षेत्रका बादशाहका रुपमा चिनिएका सुनिल पण्डीतका गीतहरुमा पनि दर्शकहरु झुमेका थिए । यसैगरी जादुगर बलराम सरकार, चिरन्जीवि भण्डारी, गायक कर्णराज गिरी, मेलोडि गायक रमेश श्रेष्ठ, हमाल भोजपुरी फिल्मी दुनिया लगायत स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुति रहेको थियो । मेलाको छैँठौँ दिन भोली भोजपुरी क्षेत्रकै चर्चित कलाकार मिठु मार्सल, झुन्ना राजा, गायिका रीता केसी, विभिन्न डान्स ग्रुपहरुको पनि प्रस्तुति रहने मेलाको सांस्कृतिक कार्यक्रम संयोजक तारा आचार्यले बताउनुभयो । नवलपरासी उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ गतेदेखि सञ्चालन भईरहेको औद्योगिक व्यापार मेलामा आर्थिक कारोबार पनि उत्साहजनक रुपमा भएको मेला प्रवक्ता गिरीराज पाण्डेले जानकारी दिनुभयो । मेलामा आज सवैभन्दा धेरै दर्शक आएपछि व्यवसायीहरु पनि उत्साहित भएका थिए । मेलामा विभिन्न राजनीतिक दल, समाजसेवी, प्रहरीका उच्च अधिकृतहरु, बर्दघाट उद्योग वाणिज्य संघका पदाधिकारी लगायतले पनि आज मेलाको अवलोकन गरेको नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष केशव भण्डारीले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.