Jilla Ban Notis

नवलपरासीमा चालू आर्थिक बर्षको माघ महिना सम्म २५६ वटा क्षयरोगको नयाँ बिरामी भेटिए

0 37

गौरीशंकर जयसवाल

परासी, १२ चैत
बिश्व क्षयरोग दिवसको अवसरमा पश्चिम नवलपरासीमा पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम गरी मनाईएको छ । संकेत समयको, क्षयरोग अन्त्यको भन्ने मुलनाराका साथ बिश्व क्षयरोग दिवस २४ मार्च अवसरमा स्वास्थ्य कार्यालयले पत्रकारहरुबीच अन्तरक्रिया कार्यक्रम गरी मनाएको हो ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण प्रसाद पोख्रेलले क्षयरोग सम्बन्धि बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । क्षयरोग स्वासप्रस्वाश मार्फत सर्ने सरुवा रोग हो । यसको मुख्य लक्षण खोकी लाग्नु, ज्वरो आउनु, श्वास फेर्न गाह्रो हुने, छाती दुख्नु, खान मन नलाग्नु, तौल घट्नु रहेको प्रमख पोख्रेलले जानकारी दिए ।
क्षयरोग ८० प्रतिशत फोक्सोमा र २० प्रतिशत शरीरको अरु अङ्गमा लाग्ने गरेको निमित्त प्रमुख पोख्रेलले बताए । उनले चालू आर्थिक बर्षको माघ महिना सम्म २५६ वटा क्षयरोगको बिरामी जिल्ला पत्ता लागेको जानकारी गराएका थिए ।
गतबर्षमा ४२१ जना क्षरोगको बिरामी रहेको स्वास्थ्य कार्यालय जनाएको छ । प्रमुख पोख्रललेको अनुसार भारतीय नागरीकहरुले क्षयरोगको उपचार गराउन आउने गरेको बताए ।

जिल्ला पृथ्वीचन्द अस्पताल नवलपरासीका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मोहम्मद नुरुलहोदाले क्षयरोग लागेको ब्यक्तिले सिघ्र अस्पतालमा सम्पर्क गरि उपचार सेवा लिन आग्रह गर्दै यो रोग शरीरको जुनसुकै अङ्गना लाग्ना सक्ने र सामान्री खालको क्षयरोग नियमित रुपमा ६ महिनासम्म औषधि खाए निको हुने बताए ।
क्षयरोग सरुवा रोग रहेकले यसबाट जोगिन ब्यापाक सावधानी अपनाउनु पर्ने सुझाव दिएका थिए । कार्यक्रममा पत्रकारहरुले विभिन्न जिज्ञासा् राखेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ अध्यक्ष हरि शर्मा, स्वास्थय कार्यालयका कर्मचारी नारायण भट्टराई लगायतले आ–अफनो धारण राखेका थिए ।

Leave A Reply

Your email address will not be published.