Jilla Ban Notis

पत्रकार केसीलाई औद्योगिक पत्रकारिता पुरस्कार ।

0 36

बुटवल, १५ मंसिर
पत्रकार नरेश केसी उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रुपन्देहीले रुपन्देही उद्योग संघसँगको सहकार्यमा प्रदान गर्दै आएको औद्योगिक पत्रकारिता पुरस्कार २०७५ बाट उनी पुरस्कृत भएका छन् । उनलाई आइतबार उद्योग संघको स्थापना दिवसका अवसरमा प्रदेशका उद्योगमन्त्री गिरीले पुरस्कार प्रदान गरेका हुन् । पुरस्कारको राशी नगद रु ३५ हजार ५ सय र कदरपत्र रहेको छ ।
केसी बिगत एक दशकदेखि भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गरिरहेका छन् । उनी लुम्बिनीखवर अर्धसाप्ताहिकको सम्पादक, दैनिक लुम्बिनी, राष्ट्रिय समाचार समितिो संवाददाता र नेपाल समय अनलाईनको प्रदेश पाँच प्रमुखको रुपमा कार्यरत छन् । पुरस्कार प्रदान गर्दै उद्योगमन्त्री गिरीले उद्योगधन्दाको विकासका लागि पत्रकारिताको माध्यमबाट योगदान पु¥याएकोमा धन्यवाद दिंदै थप सक्रियताका साथ कलम चलाउन आग्रह गरे ।
पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डेले पत्रकार महासंघसँग उद्योग संघले गरेको सहकार्यले निरन्तरता पाएकोमा आभार व्यक्त गर्दै उद्योग क्षेत्रको प्रवद्र्धन र विकासमा महासंघ सधै सहकार्य गर्न तत्पर रहेको बताए । पुरस्कृत भएपछि बोल्दै पत्रकार केसीले उद्योग क्षेत्रमा कलम चलाउन जिम्मेवारी थपिएको बताए । नेपाल पत्रकार महासंघ रुपन्देहीले गठन गरेको पुरस्कार मूल्याङकन समितिले गरेको छनोटको आधारमा उनले पुरस्कार पाएका हुन् । रुपन्देही उद्योग संघले नेपाल पत्रकार महासंघ रुपन्देहीसँगको सहकार्यमा २०५७ सालमा उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार स्थापना गरेको हो । उद्योग संघको स्थापना दिवसका अवसरमा पाँचजना उद्योगीलाई उत्कृष्ट उद्योगीको रुपमा सम्मान गरिएको थियो ।

Leave A Reply

Your email address will not be published.