Jilla Ban Notis

पञ्चनगर खानेपानी संस्थाको मतगणना अन्तीम चरणमा क्षेत्रीले १३८ ले लिड्गर्दै

0 28

कृष्ण ढकाल
बर्दघाट,फागुन–२२

बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको हिजो भएको निर्वाचनको मत गणना कार्य अब अन्तीम चरणमा पुगेको छ । अहिले विहान ९ बजेसम्म १ हजार २ सय मत गणना भैसकेको छ ।
अहिले सम्मको गणनामा नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलबाट अध्यक्ष पदमा उमेदवारी दिनु भएका यम बहादुर खत्री मिठुले ६ सय २७ मत प्राप्त गर्नु भएको छ भने उहांका प्रतिद्धन्द्धी नेकपा समर्थीत प्यानलका गोविन्द प्रसाद पौडेलले ४ सय ८९ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी नेकपा प्यानलको उपाध्यक्ष पदका रामनारायण चौधरी थारुले ५ सय ६२ प्राप्त गर्नु भएको छ भने उहांका प्रतिद्धन्द्धी नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलका जमुना आचार्यले ५ सय १९ मत प्राप्त गर्नु भएको छ । नेकपा प्यानलका सचिव पदका हेमलाल न्यौपानेले ४ सय ८६ मत प्राप्त गर्नु भएको छ भने उहांका प्रतिद्धन्द्धी नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलका सरद पौड्यालले ५ सय ८७ मत प्राप्त गर्नु भएको छ ।

त्यसैगरी कोषाध्यक्ष पदमा लक्ष्मी रेग्मीले ४ सय ४७,सिर्जना थापाले ६ सय २१, देवि वि.क.ले ४ सय ५७,हरि बहादुर दमाई ६ सय ३,खड्ग बहादुर सोमै ४ सय ६४,यमकला पुन ५ सय ९५,भिमादेवी ४ सय ३०,कमला सुवेदी ४ सय ६४,चन्द्र कुमारी थापा मरासिनाले ६ सय,विष्णु माया सुवेदीले ४ सय ८६,शुसिला लामिछाने १ सय ६७,सन्तोष लामिछानेले ३ सय ८६,छविलाल तिमिलसिनाले ३ सय ५२,ऋषिराम काफ्ले ४ सय ३९ र नारायण उपाध्य ३ सय ४० मत प्राप्त गर्नु भएको छ ।
त्यसैगरी लेखा समिति तर्फ
शिव देव न्यौपाने ३ सय ५,लेखनाथ आर्चाय १ सय ८८ र कर्ण बहादुर खत्रीले ३ सय ३१ धनिसरा भूषालले ३ सय ३६,मिना सुवेदी ४ सय ९३,विश्वराज घिमिरेले ३ सय ३७ र प्रेम बहादुर रानाले ४ सय ८५ मत प्राप्त गर्नु भएको छ ।  निर्वाचनमा १ हजार ६ सय २८ मत खसेको छ ।

Leave A Reply

Your email address will not be published.