Jilla Ban Notis

पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको मतगणना शुरु

आज भएको निर्वाचनमा १ हजार ६ सय २८ मत खस्यो ।

0 20

कृष्ण ढकाल
बर्दघाट,फागुन–२१

बर्दघाट नगरपालिका वडा नम्बर १० मा रहेको पञ्चनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आज भएको निर्वाचनमा १ हजार ६ सय २८ मत खसेको छ । १ हजार ९ सय ३६ मतदाता रहेको सो संस्थाको आज भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को प्यानल र नेपाली कांग्रेसले नेतृत्व गरेको संयुक्त प्यानल विच प्रतिस्प्रद्र्या भएको छ भने लेखा संयोजक र सदस्य पदमा एक÷एकजना स्वतन्त्र उम्मेदारले निर्वाचनमा भाग लिएका छन्।

नेकपा समर्थीत प्यानलबाट गोविन्द प्रसाद पौडेलले अध्यक्ष पदमा नेकपा समर्थीत प्यानलको नेतृत्व गर्नु भएको छ भने नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलबाट यम बहादुर खत्री मिठुले अध्यक्ष पदमा नेपाली कांग्रेस समर्थीत संयुक्त प्यानलको नेतृत्व गर्नु भएको छ । त्यसैगरी स्वतन्त्र उम्मेदारमा लेखा समिति संयोजकमा लेखनाथ आचार्य र कार्यसमितिको खुल्ला सदस्यमा शुसिल लामिछाने रहेका छन् ।

नेकपा प्यानलको उपाध्यक्ष पदमा रामनारायण चौधरी थारु, सचिव पदमा हेमलाल न्यौपाने र कोषाध्यक्ष पदमा लक्ष्मी रेग्मी रहनु भएको छ । सदस्यहरुमा खुल्ला सदस्यतर्फ सन्तोष लामिछाने र छविलाल तिमिल्सिना, महिला सदस्य तर्फ भिमादेवी काफ्ले (रमा) र कमला सुवेदी, दलित सदस्य तर्फ देवी विक र आदिवासी जनजाती सदस्य तर्फ खड्ग बहादुर सोमै रहनु भएको छ।
त्यसैगरी लेखा समिति तर्फ संयोजक पदका लागि शिवदेव न्यौपाने, सदस्य (महिला) मा धनीसरा भुसाल र सदस्य (खुल्ला) मा विश्वराज घिमिरे रहनु भएको छ ।

यता
नेपाली कांग्रेसको नेतृत्वमा रहेको संयुक्त प्यानलबाट अध्यक्ष पदमा यम बहादुर खत्री (मिठु), उपाध्यक्ष पदमा जमुना आचार्य, सचिव पदमा सरद पौड्याल र कोषाध्यक्ष पदमा सिर्जना थापा ले निर्वाचनमा होमिनु भएको छ। सदस्यहरुमा खुल्ला सदस्य तर्फ ऋषिराम काफ्ले र नारायण उपाद्याय, महिला सदस्य तर्फ चन्द्र कुमारी थापा (मनिसा) र विष्णु मायाँ सुवेदी, दलित सदस्य तर्फ हरि बहादुर दमाई र आदिवासी जनजाती सदस्यमा यमकला पुन (तारा) उम्मेदार रहनु भएको छ।
लेखा समिति तर्फ संयोजक पदका लागि कर्ण बहादुर खत्री, महिला सदस्यमा मिना सुवेदी र खुल्ला सदस्यमा प्रेम बहादुर राना रहनु भएको छ।

आज भएको निर्वाचनको मतपरिणाम अहिले भर्खर बेलुका ८ ः४० बजेवाट मात्र गणना गर्न शुरु गरीएको छ ।

Leave A Reply

Your email address will not be published.