Jilla Ban Notis

न्यू लाइफले ग¥यो नगर तथा सार्वजनिक स्थल सरसफाइ ।

0 71

प्रकाश न्यौपाने

बर्दघाट,पौष२०

न्यू लाइफ माध्यमिक विद्यालय तथा कलेजले आफ्नो रजत जयन्तीको अवसरमा आज एक कार्यक्रमका विच नगर तथा सार्वजनिक स्थल सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा प्रमुख अतिथि रहेका नगर प्रवक्ता एवम् वडा नं. ४ का अध्यक्ष वडा रविन्द्र विक्रम हमालले आफ्नो फोहोर आफैले व्यवस्थापन गर्र्न अभिप्रेरीत गर्ने यस्ता कार्यक्रमहरुले नगरलाई सरसफाई राख्न अत्यन्तै महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । नगरलाई वातावरण मैत्री बनाउनको लागि नगर भित्र रहेका सार्वजनिक स्थलहरु पाटी–पौवा, मठ–मन्दिर, विद्यालय मात्र सरसफाई भएर नहुने बताउदै उहाँले नगरमा रहेका प्रत्येक व्यक्तिले फोहोर व्यवस्थापनमा विशेष ध्यान दिन सके स्वच्छ नगरको परिकल्पना गर्न सकिने बताउनुभयो । कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुद्धारा पूर्व पश्चिम राजमार्गको करिव दुई किलोमिटर, शिवलाय मन्दिर र विद्यालय लगायतका ठाँउहरुमा सरसफाई गरिएको प्रधानाध्यापक सन्तोष अधिकारीले बताउनुभयो । विद्यालयका सह–प्रधानाध्यापक दिनानाथ पौडेलको स्वागत मन्तव्य रहेको कार्यक्रममा विद्यालयका संस्थापक सदस्य डिल बहादुर अधिकारीको अध्यक्षता तथा शिक्षक मेघराज अधिकारीको सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक÷शिक्षिका एवम् विद्यार्थीहरु गरि करिव चार सय जनाको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.