Jilla Ban Notis

नेपाल सरकारले खरिद गरेको नेपाली रेल जनकपुर आईपुयो ।[फोटो फिचर ]

0 32

असोज–२
जनकपुरधाम
नेपाल सरकारले खरिद गरेको जनकपुर–जयनगर चल्ने रेल जनकपुर आइपुगेको छ । जनकपुरमा रेल सेट हेर्न ठूलो भीड लागेको थियो। रेल नेपालको राष्ट्रिय झण्डा रंगले रँगिएको छ। ८६ करोडमा भारतीय कम्पनीबाट दुई सेट रेल खरिद गरिएको हो ।
रेल जनकपुर आइपुगे पनि औपचारिक रुपमा सञ्चालन दशैँ तिहारपछि गर्ने तयारी छ। कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका सिल गरिएका कारण तयार भइसकेको रेल भारतको पटनास्थित हाजीपुर स्टेसनमा ल्याएर राखिएको थियो। तर रेल्वे विभागले केही दिन अगाडि भारतीय कम्पनीलाई रेल पठाउन पत्राचार गरेपछि जनकपुर आइपुगेको हो। रेलको परीक्षणपछि औपचारिक रुपमा रेल्वे विभागले बुझ्नेछ। रेल चलाउन रेल्वे विभागले तीन दिनअघि मात्र १ सय २९ कर्मचारीको नियुक्तिका लागि आवेदन खुला गरिएको छ। कर्मचारीका लागि फारम भर्ने अन्तिम मिति असोज १२ सम्म तोकिएको छ। कर्मचारी भर्नालगत्तै असोजभित्रै रेल्वे संचालन गरिने बताइएको छ। रेल सञ्चालनका लागि केही प्राविधिक टोली भने भारतबाटै ल्याइनेछ।

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट सरकारले भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत ल्याइएको हो। भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गका अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ। यस क्षेत्रमा रेल लाइन तथा रेल्वे स्टेशन तयार भइसकेको छ। यसमा कुर्थाबाट विजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटरमा रेल चलाउने तयारी छ।

Leave A Reply

Your email address will not be published.