Jilla Ban Notis

नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखाको भवन शिलान्यास

0 61

उमेश बि.क

सरावल ,२० फाल्गुन

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३ भिमटाडिमा नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखाको भवन शिलान्यास भएको छ। नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखाको अध्यक्ष प्रदिप कुमार अग्रहरीको अध्यक्षतामा तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथ्यतामा भवन शिलान्यास भएको हो। गाउँपालिका अध्यक्ष चौधरीले रेडक्रस सोसाइटीको भवन शिलान्यास गर्दै रेडक्रस मानव कल्याणको लागि रहेको समाजिक संस्था भएको हुनाले अबको दिनदेखि आफ्नै भवनबाट कार्य सन्चालन तथा सम्पादक गर्न सजिलो हुने भन्दै दुखका सबै समयमा रेडक्रस सबैको साथीको अनुभुति होस र रेडक्रस कर्मीहरूले सशक्त भएर आत्मविश्वासका साथ काम गर्नु पर्ने निर्देश दिनुभएको हो। अध्यक्ष चौधरीले रेडक्रसकर्मीहरुले सात सिद्धान्तहरुलाई अंगिकार गर्दै आग्रह पूर्वाग्रह भन्दा माथि उठेर मानवीय सेवामा लाग्नुपर्ने विचार व्यक्त गर्दै रेडक्रसको कार्य सम्पादनमा चाहिने सहयोग र साथ हमेशा दिने प्रतिबद्वता ब्यक्त गर्नुभएको हो। सरावल गाउँपालपकाको सहयोगमा २ कोठा र तालिम हल सहितको भवन निमार्ण हुने बालपुरी शाखाका सभापति प्रदिप अग्रहरीले जानकारी दिनुभएको छ । सो भवन दस लाखको लगानीमा निर्माण हुने छ । शिलान्यास कार्यक्रममा वडा नं। ३ का वडा अध्यक्ष अणेन्द्र राय,नेपाल रेडक्रस सोसाइटी बालपुरी शाखाको उपाध्यक्ष बिष्णु भट्टराई ,सचिव सन्जय कुश्वाहा,कोषाध्यक्ष दिपक भुषाल ,दामोदर देवकोटा ,महेन्द्र मा।बि। सरावलको प्र।अ धनिराम बि।क,बिपद ब्यवस्थापन समिति प्रदेश नं। ५ सचिव उमेश बि।क,समाजसेवी चिरञ्जीवी अर्याल ,फिरंगी चौधरी लगाएको सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.