Jilla Ban Notis

नेपाल रेडक्रस सोसाइटी पंचनगर उपशाखाकोे सभापतिमा पाण्डे ।

0 47

बर्दघाट, पुस १२
नेपाल रेडक्रस सोसाइटी पंचनगर उपशाखा बर्दघाट ९ पंचनगरको पाचौ अधिबेशन तथा १५ औ साधारण सभा  शनिबार  एक कार्यक्रमका बिच सम्पन्न भएको छ । पाचौ अधिबेशन तथा १५ औ साधारण सभाले तारा बहादुर पाण्डेको सभापतित्वमा ११ सदस्यिय कार्य समिती पनि चयन गरेको छ । जसमा महिला उपसभापतिमा बिजुला श्रेष्ठ, सचिवमा प्रेम प्रसाद अधिकारी , कोषाध्यक्षमा बालकृष्ण लम्साल, उपसचिवमा खमबहादुर खत्री , उपकोषाध्यक्षमा भुपेन्द्र प्रसाद पौडेल रहन्ु भएको छ । यस्तै गरी सदस्यहरुमा बालिन्द्र बिक्रम शाही, कृष्ण बहादुर शाही , कमला सुबेदी , देवी प्रसाद अधिकारी र सन्तकुमार फौजदार सर्वसम्मत चयन हुनु भएको छ ।   संस्थाका निबर्तमान सभापति बिनोद खनालको सभापतित्व तथा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाइको प्रमुख आथित्यतामा पाचौ अधिबेशन तथा १५ औ साधारण सभा बर्दघाट ९ भुताहामा सम्पन्न भएको हो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पंचनगर उपशाखा बर्दघाट ९  पंचनगरका निबर्तमान सभापति बिनोद खनालले संस्थाको भाबी निती तथा कार्यक्रमको प्रतिबेदन प्रस्त्ुत गर्नु भएको थियो । भने लेखा परीक्षण प्रतिबेदन निबर्तमान कोषाध्यक्ष बिजुला श्रेष्ठले प्रस्तु्त गर्नु भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पंचनगर उपशाखा बर्दघाट ९ पंचनगरका निबर्तमान कोषाध्यक्ष बिजुला श्रेष्ठको स्वागत मन्तब्य रहेको कार्यक्रममा बर्दघाट नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चन्द्रकान्त चापागाइ, वडा नम्बर १० का वडाध्यक्ष राजु मिश्र,  ११ का वडाध्यक्ष तिर्थराज फौजदार , समाजसेवी चन्द्रकान्त ढकाल, शम्भु लाल श्रेष्ठ, यज्ञ खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.