Jilla Ban Notis

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बर्दघाट नगर ईकाई समितिद्धारा रक्तदान कार्यक्रम सम्पन्न् ।

0 33

कृष्ण ढकाल
बर्दघाट,असार–८
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन प्रदेश नम्बर पांच अन्तरगतको बर्दघाट नगर ईकाई समितिले आज आफ्नोे ४१ औं स्थापना दिवस मनाएको छ । बर्दघाट नगर ईकाई समितिले आज बर्दघाट बसपार्कमा रक्तदान कार्यक्रमको आयोजना गरेर आफ्नो ४१ औं स्थापना दिवस मनाएको हो । आज भएको उक्त रक्तदान कार्यक्रममा यातायात ब्यवसायि तथा मजदुर ,समाज सेवी,पत्रकार लगाएतले रक्तदान गरेका थिए । आज भएको सो रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश सचिव प्रकाश बस्यालले जानकारी दिनुभयो ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका केन्द्रीय उपाध्यक्ष तथा प्रदेश ईञ्चार्ज ध्यान बहादुर राईको प्रमुख आतिथ्तामा भएको रक्तदान कार्यक्रममा शहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता र नेपाल रेडक्रस सोसाइटी नवलपरासी तथा बर्दघाट उपशाखाको प्राविधिक सहयोग रहेको थियो ।

Leave A Reply

Your email address will not be published.