Jilla Ban Notis

नेपाल मगर संघ सुनवलको ३८ औ स्थापना दिवस कार्यक्रमको समिक्षा ।

२ लाख ७ हजार आम्दानी र २लाख १ हजार २ सय ४५ खर्च

0 36

सुनवल,चैत ६
मगर संघ नगर समिती सुनवलले नेपाल मगर संघको ३८ औ स्थापना दिवस कार्यक्रमको समिक्षा गरेको छ । सुनवल नगरपालिका वडा नम्बर १३ गणमहाबिर बौद्ध बिहारको सभा हलमा  सम्पन्न बैठकमा दिवस कार्यक्रमको समिक्षा गरिएको थियो । नगर समितिका अध्यक्ष मन बहादुर थापा मगरको अध्यक्षतामा सम्पन्न समिक्षा बैठकले बिभिन्न बिषयमा समिक्षा गरि निर्णय पारित गरेको छ । बैठकले कार्यक्रम सफल बनाउन विभिन्न खेलकुदमा पुरस्कारको निम्ती आर्थिक प्रायोजक र सह आयोजक प्रती धन्यवाद प्रस्ताव पारित भएको छ ।
त्यसैगरि दिवस कार्यक्रम सहआयोजकका संयोजक कुल बहादुर राना मगरले प्रस्तुत गर्नुभएको नेपाल मगर संघको ३८ औ स्थापना दिवस कार्यक्रममा भएको २ लाख ७ हजार आम्दानी र २लाख १ हजार २ सय ४५ खर्चको विवरण पनि बैठकले पारित गरेको छ । समिक्षा बैठकमा बिभिन्न बिषयमा उपस्थित १५ जनाले आफ्नो धारण तथा जिज्ञासा राखेका थिए । ति जिज्ञासा संघका नगर अध्यक्ष मन बहादुर थापाले मेटाउनु भएको थियो ।१५ फागुनमा आयोजना गरिएको खेलकुद प्रतियोगितामा रस्सी तान्ने, महिला छेलो फाल्ने र धनुषबाणमा द्धितिय हुने प्रतियोगीलाइ प्रमाणपत्र साथ नगद पुरस्कार प्रदान समेत गरिएको थियो ।
सो अवसरमा नेपाल मगर युबा संघ केन्द्रिय सदस्य निर्मला सारु मगर, मगर संघ जिल्ला समितिका सदस्य बेद कुमारी राना मगर, वडा नम्बर ३ का वडा सदस्य रन बहादुर पुन, महिला वडा सदस्य रेनु थापा मगर, वडा सदस्य बल बहादुर थापा , मगर युवा संघ नगर समितीका वडा र टोल समितिका अध्यक्षहरुको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.