Jilla Ban Notis

नेपाल मगर संघ बर्दघाट नगरकार्यसमितिद्धारा विद्यार्थीहरुलाई झोला वितरण ।

0 24

कृष्ण ढकाल
बर्दघाट,फागुन–२
नेपालका प्रथम सहिद लखन थापामगरको १ सय ४३ औँ स्मृति दिवस नेपाल मगर संघ बर्दघाट नगरकार्यसमितिले विद्यार्थीहरुलाई झोला वितरण गरेर मनाएको छ ।  संघले स्मृति दिवसको अवसर पारेर बर्दघाट नगरपालिका वडा नम्बर २ को बाँसखोला भन्ने स्थानमा रहेको जनमुखी आधारभुत विद्यालयका बाल–बालिकालाई झोला वितरण गरेर लखन थापामगरको १ सय ४३ औँ स्मृति दिवस मनाएको हो  । सो कार्यक्रममा बोल्दै वडा अध्यक्ष दर्लामीले लखन थापा नेपालको प्रथम सहिद भए पनि राज्यले ईतिहास विर्सने काम गरेको बताउदै सहिदहरुको सपना साकार पार्न देश र जनताको हक अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिनु भएको थियो । उहाँले विकासका सन्दर्भमा वडा नम्बर २ पहाडि र तराई क्षेत्रमा फैलिएकोले केहि असहजता भए पनि भएगरेका विकास भनिरहनुभन्दा पनि नागरिकहरुनै सांक्षी रहेको बताउनुभएको थियो । त्यसैगरी नेपाल मगर संघ नवलपरासीका जिल्ला अधयक्ष डिवी थापा मगर, नेपाल मगर महिला संघकी केन्द्रिय सदस्य तारा राना , वडा नम्बर २ का वडा सदस्य प्रेम सोमई, विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष एक बहादुर राना, लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा नगर उपाधयक्ष नरबहादुर थापाको स्वागत र सचिव मेहर सिँङ थापाको संचालन रहेको थियो । कक्षा ५ सम्म मात्र पढाई हुने विद्यालयका विद्यार्थीहरु झोला पाएपछि निकै खुसी देखिएका थिए । अभिभावकहरुले समेत मगर संघले सहयोग गरेकोमा खुसी ब्यक्त गरेका थिए ।   जनमुखी आधारभुत विद्यालय बाँसखोलामा ९९ प्रतिशत मगर समुदायका बालबालिकाहरुले अध्ययन गर्ने गरेका कारण मगरसंघले सो स्थान रोजेको जनाएको छ । विद्यालयमा ३८ जना बालबालिकाले अध्ययन गर्दै आईरहेका छन् ।

अभिभावकहरुको आर्थिक अवस्था कमजोर भएका कारण बालबालिकालाई प¥याप्त मात्रमा शैक्षिक सामाग्री समेत उपलब्ध गराउन सक्ने अवस्था नभएको र बालबालिकालाई केहि भए पनि सहयोग होस भन्ने हेतुका साथ सहिद लखन थापाको स्मृति दिवसको अवसर पारेर सहयोग गरिएको मगर संघ बर्दघाट कार्यसमितिका उपाध्यक्ष नरबहादुर थापाले बताउनु भएको छ । हरेक बर्ष लखन थापा स्मृति दिवसको अवसरमा मगरसंघले विद्यार्थीहरुलाई सहयोग गर्दै आईरहेको जनाएको छ । स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रम बर्दघाट नगर समितिका अधयक्ष पूर्ण बहादुर रानाको अधयक्षता र वडा नम्बर २ की वडा अधयक्ष दया दर्लामी मगरको प्रमुख आतिथ्यता सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.