Jilla Ban Notis

नेपाल भ्रमण वर्ष २०२० स्थगित ।

0 24
फागुन–१९
कोरोनाको प्रभाव बढ्दै गएपछि नेपाल सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ । चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि नेपालको मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो । त्यसैगरी पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो । चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ । अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ । चालु आवमा मात्र नेपाल सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो ।  भिजिट नेपालको उद्घाटनमा मात्र  ५ करोडभन्दा बढ  खर्च भएको थियो ।  भिजिट नेपाल सार्नुपर्ने माग तथा सुझाव दिँदंदिँदै  सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो । यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ ।

Leave A Reply

Your email address will not be published.