Sarawal Ga pa

नेपाल औषधी ब्यवसाय संघ नवलपरासीको साधारण सभा सम्पन्न् ।

0 71

जिवन न्यौपाने
बर्दघाट,पौष–२३
नेपाल औषधी ब्यवसाय संघ नवलपरासीको दोस्रो वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न् भएको छ ।  सुनवल–५ वनकट्टीमा रहेको शहिद विष्णु पाण्डे स्मृति प्रतिष्ठानमा भएको उक्त कार्यक्रममा संघका लुम्बिनी प्रदेश उपाध्यक्ष अमृत सुवेदीको प्रमुख आतिथ्यता रहेको थियो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि सुवेदीले ब्यवसायीहरु एक भएर अघिबढ्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले यवसायिहरु एक नहुदा सम्म ब्यवसायिहरुको हक र हित सुरक्ष्ँित नहुने भएकाले एक हुदै अघि बढ्नु पर्नेमा जोड दिनु भएको थियो ।

कार्यक्रममा संघका प्रदेश महासचिव लुकराज न्यौपाने लगाएतले आ–आफ्नो भनाईहरु राख्नु भएको थियो । नेपाल औषधी ब्यवसाय संघ नवलपरासीका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षता सचिव बाबुराम तिमिल्सिनाको संचालन र कोषाध्यक्ष राजकुमार चौधरीको संयोजनमा कार्यक्रम सम्पन्न्् भएको थियो ।

Leave A Reply

Your email address will not be published.