Jilla Ban Notis

नेपाली काङ्ग्रेस नवलपरासीका सभापति बिष्णु प्रसाद पौडेलको पदस्थापना कार्यक्रम सम्पन्न ।

0 64

परासी,फाल्गुन २५
नेपाली काङ्ग्रेस  नवलपरासीका नव नियुक्त सभापति बिष्णु प्रसाद पौडेलको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासी ब.सु.प को आयोजनामा पार्टिका सह–सभापति सुबासचन्द्र गिरीको अध्यक्षता र नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवम् अनुसासन समिति सदस्य देबेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा पदस्थापना कार्यक्रम सम्पन्न भएको हो। पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै नेताकण्डेलले जिल्लाको नेतृत्वले पुर्णता पाएको प्रति आभार प्रकट गर्दै लोकतान्त्रिक फोरम पार्टीका कार्यकर्ताले दिइएको योगदान कहिले नि बिर्सिनु नहुने बताउनु भयो । उहांले हिजोको कमि कम्जोरी सच्याएर अगाडि बढ्नुपर्ने समेत बताउनुभयो । “नेपाली काङ्ग्रेस समाबेशी पार्टी हो यसले हरेक बर्ग र समुदायलाई लिएर अगाडि बढने कार्य गर्छ यदि ब्यक्तिमा क्षमता छ भने कुनै बर्ग समुदायले अगाडि बढ्नबाट रोक्न सक्दैन । ” उहाले भन्नुभयो ।  ७७ जिल्लामा कार्य बिस्तार नेपाली काङ्ग्रेसको बिधान अनुसार कार्य भएको हुनाले कुनै साथिले आपत्ति जनाउन नपर्ने समेत बताउनुभयो ।अबको नेतृत्व युवालाई भएको हुनाले युवालाई अगाडि बढ्न आग्रह समेत गर्नुभएको छ । साथै जिल्ला सभापति बिष्णु प्रसाद पौडेललाई पार्टी बलियो बनाएर एक ढिक्कामा कार्यकर्तालाई बाधेर अगाडि बढन आग्रह गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो  ।

पदस्थापना कार्यक्रममा , बैजनाथ जैसवाल , शिवसंकर राय , अनिल कुमार गौड, राजकुमार शर्मा ,लाल बहादुर गुरुङ , कमला तिवारी,  हरि शर्मा , पुरुषोत्तम सुबेदी, गजानन्द पटेल, श्रीधर बस्याल ,  हरिहर चौहान ,अनिता शर्मा लगाएतको उपस्थिती रहेको थियो । सोक्रममा बोल्नेबताहरुले पार्टिको हितको लागि एकभएर अगाडि बढ्ने बिचार सहित सभापति बिष्णु प्रसाद पौडेलको सफल कार्यकालको शुभकामना दिएका थिए । त्यस्तै सभापति बिष्णु प्रसाद पौडेलले जनताले बुझेको नेपाली काङ्ग्रेस र बर्तमानमा धेरै फरक रहेकाले आवरणमा मात्र हैन आचरणमा पनि नेपाली काङ्ग्रेस हुनपर्ने बताउनुभयो । उहांले धैर्यताको साथ अगाडि बढे पक्कै सफलता मिल्ने बिचार राख्दै पार्टीको नियममा र हितमा आफु लाग्ने प्रतिवद्धता ब्यक्त गर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.