Sarawal sit lahar Notis

नेपालमा राजनितिक परिर्वतन भयो तर आर्थिक परिर्वतन भएन ः प्रथम राष्ट्रपति रामवरण यादव

0 80

कृष्ण ढकाल
प्रतापपुर,असोज–१५
नेपालमा राजनितिक परिर्वतन भएको तर आर्थिक परिर्वतन नभएको नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले बताउनु भएको छ ।
आज पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर–७,सूर्यपुरा चोकमा निर्मित वि.पि. कोईरालाको शालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व राष्ट्रपति यादवले उक्तकुरा बताउनु भएको हो।
नेपालको संबिद्यानले सबै वर्ग,क्षेत्र,जात–जाती ,धर्म,संस्कार र संस्कृतिको सम्मान गरेको बताउदै बनेको संबिधानलाई पूर्णकार्यान्वयनको खा“चो रहेको बताउनु भएको थियो । उहा“ले संबिधान नै नपढी अनावश्यक टिकाटिप्पणी गर्ने गरेकाले सबैलाई राम्रोसंग नेपालको बर्तमान संबिधान पढ्न आग्रह समेत गर्नु भएको थियो ।
तयसैगरी चुरेको दोहनका करण तराईमा मरुभुमि हुने स्थिती सृजना भएकाले चुरेको दोहन रोक्न र कृषीमा आत्म निर्भर हुनेगरी अघिबढाउनु पर्ने उहा“को सुझाब रहेको थियो ।
प्रतापपुर गाउ“पालिकाको आयोजनामा भएको वि.पि. कोईरालाको शालिक अनावरण कार्यक्रममा जिल्लाका सबै पालिकाहरुका प्रमुख,जिल्ला समन्वय समितिका अध्यक्ष,राजनितिक दलका नेताहरु देखि प्रदेश सभा सदस्यहरुको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रम प्रतापपुर गाउ“पालिकाका अध्यक्ष उमेशचन्द्र यादवको अध्यक्षता र गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामबरण यादवको प्रमुख आतिथ्यतामा सम्पन्न् भएको थियो ।

Leave A Reply

Your email address will not be published.