Sarawal sit lahar Notis

नेपालको शिक्षाले दुइकिसिमका नागरिकहरु उत्पादन गरेको छ ः प्रतिनिधि सभा सदस्य भुसाल

0 52

बर्दघाट,पौष १६

अहिलेको शिक्षाले राज्यमा दुइ किसिमको नागरिकहरु उत्पादन गरिरहेको प्रतिनिधि सभा सदस्य सरिता भुसालले बताउनु भयो । देशमा निजि विद्यालयले एक किसिमको र सामुदायिक विद्यालयले अर्को किसिमको शिक्षा प्रदान गरिरहेको नेतृ भुसालको भनाइ छ ।

विद्यार्थीको पहिलो विद्यालय घर रहेको बताउदै उहाले घरबाट नै सस्कारयुक्त शिक्षा दिनु पर्ने बताउनु भयो । राजा महात्मा पुर्णभद्र माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा विद्यार्थीहरुले नै फुड फेस्टिवल संचालन गरेकाले विद्यार्थीमा ब्यवहारीक शिक्षा देखिएको बताउदै उहाले आजको समयले मागेको नै ब्यवहारीक शिक्षा रहेको बताउनु भयो ।

स्वर्ण महोत्सवको दोस्रो दिन प्रतिनिधि सभा सदस्य कार्यक्रमको प्रमुख अतिथि सरिता भुसाल र स्वर्ण महोत्सव मुल समारोह समितीका सयोजक बिक्रम खनाल र बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष चन्द्रकान्त चापागाईंले पुर्व शिक्षक(शिक्षिका तथा कर्मचारीहरुलाई  टीका, कदर पत्र र खादाले सम्मान गर्नु भएको छ ।

विद्यालय स्थापना काल देखी अहिले सम्म विद्यालयमा सेवा गर्नु भएको ९५ जना शिक्षक एव पुर्व कर्मचारीलाई सम्मान गरिएको विद्यालयका शिक्षक छबिलाल आचार्यले जानकारी दिनु भयो ।

बर्दघाट नगरपालिका वडा नम्बर ८,९ र १० का गरि स्थानीय अभिभावकहरु पुरुष र महिला गरि १० वटा टिमहरु बीच रस्सा कसि प्रतियोगिता सोमबार सम्पन्न भएको शिक्षक डोर बहादुर कार्कीले जानकारी दिनु भयो ।

कार्यक्रममा कलाकारहरु पुर्खे बा, शिलु भट्टराई र सर्मिला अर्यालको प्रस्तुति रहेको थियो । कार्यक्रम स्वर्ण महोत्सव समारोह समिति सयोजक बिक्रम खनालको अध्यक्षता र प्रध्यानाध्यापक पुस्पराज अधिकारीको संचालनमा भएको थियो ।

 

Leave A Reply

Your email address will not be published.