Jilla Ban Notis

नेकपा नवलपरासीमा पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान सुरु ।

0 41

गौरीशंकर जयसवाल

परासी १ चैत्र

पश्चिम नवलपरासीमा पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान सुरु भएको । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पश्चिम नवलपरासीले नेपाल खुसी नेपालीको अधार,समृद्ध सुदृढ पार्टी सुशासन र लोकप्रिय सरकार भन्ने मुल नाराका साथ आजदेखी तीन महिना सम्म पार्टी एकता सुदृढीकरण तथा जनसम्बन्ध बिस्तार अभियान सुरु गरिएको नेकपाले परासीमा पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । नेकपाका जिल्ला सचिव तुल्सी पासीको अनुसार चैत्र १ गते देखी २०७७ जेष्ठ मसान्त सम्म संचालन हुने उक्त अभियान चैत्र मसान्त सम्म पार्टी सदस्यता नबिकरण गर्ने साथै अभियानको रुपमा सदस्यात बितरण गर्ने ,२०७७ बैशाखा र जेष्ठ महिनामा घरदैलो,पदयात्रा टोल भेला र टोल सभाको आयोजना गर्ने जानकारी दिए । जेष्ठ महिनाको तेश्रो हप्तामा पालिकास्तरमा र अन्तिम हप्तामा जिल्ला स्तरमा याली सहित जन सभाको आयोजना गर्ने र राजनितीक दल,बिभिन्न संघसंस्थाका प्रतिनिधीहरुका बिचमा बिकास समृद्धिको कार्यसुचीमाथि  छलफल एवम अन्तरक्रिया गर्ने , जनप्रतिनिधी निकायसंगको अन्तरक्रिया र पार्टी तथा सरकारले गर्ने कामको सुझाव संकलन गर्ने सचिव पासीले बताए । आभियान भरी ऐतिहासिक एकता  सन्देश पार्टी पक्ति र जनसमुदायमा स्थापित गर्ने एकिकृत पार्टीका सैद्धान्तिक राजनैतीक एव नितीगत निष्कर्षका आधारमा समस्त पार्टी पक्तिलाई प्रशिक्षित गर्ने र पार्टीका नेता कार्यकर्ता र सदस्याहरुका बिच बैचारिक संगठनत्मक भवानत्मक एकताको बिकास गर्ने नेकपा नवलपरासीका जिल्ला अध्यक्ष भबिश्वर तिवारीले बताए । सरकारले गरेका राम्रा कामको पूर्ण उपल्बधी भाबी योजनाका सम्बन्धमा पार्टीका नेता कार्यकर्ताहरु र जनताहरुलाई प्रशिीक्षत गर्ने पार्टीसदस्यको एकृकित अभिलेख र नबिकरण सम्बन्धित सबै कमिटीलाई सहजिकरण गर्ने उदेश्यले यो अभियान संचालन गरेका छौ अध्यक्ष तिवारीले भने । यस्तै अभियान अन्तर्गनै बिश्वभर फैलिएको कोरोना भाईरसको बारेमा जगाउनको लागि घरदैलो अभियान संचालन पार्टीले गर्ने नेकपाले जानएको छ ।सदस्यता शुल्क ५० रुपैया महगो भएको जनगुनासो आएपछि अब मासिक २५ रुपैया र बार्षिक तीन सय भएको नेकपाले निर्णय गरेको जनाएको छ  । नेकपा पश्चिम नवलपरासीमा सगाठनिक सदस्य करिब १२ हजार रहेका छन ।

Leave A Reply

Your email address will not be published.