Jilla Ban Notis

नेकपा नवलपरासीको जिल्ला अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी

0 52

कृष्ण ढकाल
बर्दघाट,माघ–१५
नेकपा नवलपरासीको जिल्ला अध्यक्षमा दिपेन्द्र कुमार अधिकारी चयन हुनुभएको छ । आज भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समुहको लुम्बिनी प्रदेश कमिटीको बैठकले अधिकारीलाई जिल्ला अध्यक्षमा चयन गरेको हो ।

नवलपरासी बर्दघाट सुस्ता पश्चिमको निर्वाचन क्षेत्र नं. १ क वाट विजयी भै लुम्बिनी प्रदेश सभा सदस्य समेत रहनु भएका अधिकारीलाई आजको प्रदेश कमीटीको बैठकले जिल्लाको अध्यक्षको जिम्मेवारी प्रदान गरेको हो । यसअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नवलपरासी जिल्ला कार्यालय सदस्यमा रहनु भएका अधिकारीको कार्यकुशलता र पार्टीका नेताकार्यकर्ताहरुसंगको समन्वयकारी भूमीकाको मुल्याकनका आधारमा अधिकारीलाई जिल्लाको अध्यक्षमा चयन गरीएको बताईएको छ ।

नेकपा लुम्बिनी प्रदेशको आज बसेको बैठकबाट लुम्बिनी प्रदेश अन्तरगतका जिल्लाहरुमा निम्न अनुसारको जिम्मेवारी तोकेको छ :
रुपन्देही
संयोजक – शिवराज सुवेदी
सह संयोजक – तेजेन्द्र केसी
सचिव – अनुप बराल
कपिलवस्तु
संयोजक – झविलाल पोखरेल
सह संयोजक – डम्मर शर्मा
सचिव – धर्म भुसाल
दाङ
संयोजक – हुकुमबहादुर बस्नेत
सचिव – मनोहर बुढाथोकी
बाके
संयोजक – सुर्य ढकाल
सहसंयोजक – किस्मत कक्षपती
सचिव – प्रमोद धिताल
बर्दिया
संयोजक – लालबहादुर श्रेष्ठ
सह संयोजक – शालिकराम अधिकारी
सचिव – पदम ढकाल
प्युठान
संयोजक – तुल्सीराम शर्मा
अर्घाखाँची
संयोजक – चेतनारायण आचार्य
सचिव – तोजबहादुर रायमाझी
गुल्मी
संयोजक – मधु कृष्ण पन्त
सह संयोजक – बालसिङ काउछा
सचिव – धर्मबहादुर बिक
पाल्पा
संयोजक – नारायणप्रसाद आचार्य
सचिव – ओमबहादुर घर्ती
परासी
संयोजक – दिपेन्द्र अधिकारी

Leave A Reply

Your email address will not be published.