Jilla Ban Notis

नेकपा एमाले नवलपरासी निर्वाचन क्षेत्र नं. १ वाट प्रतिनिधि छनौट हुन रस्साकसी हुदै ।

0 120

कृष्ण ढकाल
बर्दघाट,कार्तिक–२६
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ ले सहमतिमा महाधिवेशन प्रतिनिधि चयन गर्न नसकेपछि अन्तत् निर्वाचन हुने भएको छ ।

निर्वाचन कमिटी संयोजक फुलकुमारी गिरी (सिमा ) का अनुसार खुल्ला तर्फ उमेदवारी दिएका प्रतापुरका श्रीकृष्ण न्यौपाने र बर्दघाटका हरिरञ्जन पौडेले आफ्नो उमेदवारी फिर्ता लिनुभएको छ ।

महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन क्षेत्र नं. १ वाट २ महिला र ४ खुल्ला गरी ६ जना महाधिवेशन प्रतिनिधि छनौट गर्नु पर्नेमा महिला तर्फ ५ जना र खुल्लामा ११ जनाको उमेदवारी परेको थियो ।

प्रतापुरका श्रीकृष्ण न्यौपाने आफ्नो उमेदवारी फिर्ता लिदै

निर्वाचन कमिटिले दिएको सुचना अनुसार २ जना महिला उमेदवारको पदका लागि बर्दघाटकी देवि पौडेल,चिसापानीकी सिन्धु जलेसा बुढाथोकी,प्रतापपुरकी राधिका शर्मा भट्ट,बर्दघाटकी सरिता खनाल भुषाल र भुताहाकी मधुमाया पौडेलले उमेदवारी दिनुभएको छ ।

त्यसैगरी खुल्ला तर्फ ४ जना उमेदवारको पदका लागि दिपेन्द्र कुमार अधिकारी ,धिरज शर्मा बस्याल,बद्री खनाल,राम प्रसाद अर्याल ,एकदेव पाण्डे,सुवास चन्द्र जि.सी.टोप बहादुर सिंह ठकुरी,निमानन्द न्यौपाने र पुण्य प्रसाद पौडेलले उमेदवारी दिनुभएको छ ।
अहिले नेकपा एमाले नवलपरासी संघिय निर्वाचन क्षेत्र नं. १ को निर्वाचनका लागि निर्वाचन हुने स्थान बर्दघाट–१ ,बाल्मिकी मा.बि. पुनर्वासमा निर्वाचनको तयारीलाई तिव्र पारीएको छ ।

नेकपा एमाले नवलपरासी (ब.सु.प.) संघिय निर्वाचन क्षेत्र नं. १ मा ३ हजार ८ सय ८६ जना नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संगठीत सदस्यहरु रहेका छन् । जस्मा बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका अन्र्तगतका सबै वडाहरु र सरावल गाउँपालिकाको वडा नम्वर ४,५,६ र ७ संघिय निर्वाचन क्षेत्र नं. १ मा रहेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संगठीत सदस्यहरु संघिय निर्वाचन क्षेत्र नं. १ अन्र्तगत बर्दघाट नगरपालिकामा २ हजार ४ सय २२,प्रतापपुर गाउँपालिकामा ३ सय ३७ ,सुस्ता गाउँपालिकामा ५ सय ८७ र सरावल गाउँपालिकामा ५ सय ४० जना रहेको नेकपा एमाले नवलपरासी (ब.सु.प.) संघिय निर्वाचन क्षेत्र नं. १ का निर्वाचन कमिटी संयोजक फुलकुमारी गिरी (सिमा )ले जानकारी दिनु भएको छ ।

दलिततर्फ जिल्लाबाट २ जना प्रतिनिधि चयन हुने प्रावधानअनुसार पार्टी अध्यक्ष तुलसी पासी र सदस्य राजु हरिजन निर्विरोध भएका छन्।

Leave A Reply

Your email address will not be published.