Jilla Ban Notis

नेकपा(बहुमत)का संयोजक गिरीलाई रिहाई गर्न क्रान्तिकारी माओवादीको माग

0 75

नवलपरासी – नेकपा(क्रान्तिकारी माओवादी) जिल्ला समिति पश्चिम नवलपरासीले नेकपा (बहुमत)का रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी बिजयलाई निशर्त रिहाई गर्न प्रहरी प्रशासनसंग माग गरेको छ । लघुवित्तमा तालाबन्दी गरेको आरोपमा गिरफ्तार भएका गिरीलाई निर्शत रिहा गर्न माग गर्दै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका कार्यबहाक सेक्रेटरी समरले विहीवार एक प्रेस बक्तब्य जारी गर्नुभएको हो ।
‘लघुवित्त संस्थाबाट पीडित जनतालाई न्याय दिन हामी राज्य संग जोडदार माग गर्दै ,राति घरमा सुतिरहेको अवस्थामा गिरफ्तार गरी हिरासतमा राखिएका नेकपा (बहुमत) रुपन्देही जिल्ला संयोजक कृष्ण गिरी (विजय)लाई तुरुन्त निःशर्त रिहा गर्न माग गर्दछौ ।’ कार्यबहाक सेक्रेटरी समर द्वारा हस्ताक्षरित बक्तब्यमा थप भनिएको छ, ‘अतः हाम्रो जायज माग पूरा नभए लघु बित्त पीडितहरुलाई साथ लिएर संयुक्त आन्दोलन छेड्न बाध्य हुने कुरा यसै बिज्ञप्ति मार्फत चेतावनी दिन चाहन्छौ ।’ नेकपा (बहुमत) नवलपरासीले सिभिल लघु बित्त पंचनगरमा तालाबन्दी गरेको थियो ।
क्रान्तिकारी माओवादी, नेकपा(बहुमत) र नेकपा(मशाल) बीच कार्यगत एकता गर्दै केन्द्रमा पार्टी एकताको संयोजन समिति बनेसंगै तीनवटै पार्टीका नेता कार्यकर्ता जिल्लास्तरमा समेत सहकार्य गर्दै आएका छन् । सहकार्यको पृष्ठभुमिमा बहुमतका नेता बिजयको रिहाईको माग गर्दै क्रान्तिकारी माओवादीले संर्घषको चेतावनी दिएको हो ।

Leave A Reply

Your email address will not be published.