Jilla Ban Notis

निबन्ध लेखक प्रतियोगितामा दिपा थापा प्रथम स्वस्तिका पौडेल द्धितिय

0 176

कृष्ण ढकाल
बर्दघाट,फागुन–४

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा भएको निबन्ध लेखन प्रतियोगितामा सुनवल देवकोटा नमुना माविकि दिपा थापा प्रथम भएकी छन भने नवजिवन माबि बर्दघाटकी स्वस्तिका पौडेल द्धितिय हुन सफल भएकी छन ।

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय शिक्षा तथा सामाजिक विकास निर्देशनालय अन्र्तगतको सामाजिक विकास डिभिजन कार्यालयले आयोजना गरेको प्रतियोगितामा जनसेवा मावि सुनवलकी दिब्या पाण्डे तृतिय भएकीछन भने लुक्ठहवा माबि मायादेवि रुपन्देहीकी सपना र रमवापुर माबि सुनवलकी ईशा क्षेत्रीले सान्तोना स्थान हासिंल गर्न सफल भएकाी छन ।
प्रदेशको आवश्यकता र महत्व विषयमा संचालन भएको रुपन्देही र नवलपरासी व।सु।प। जिल्लाका सामुदायिक माध्यमिक विद्यालयका कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थी विच निबन्ध लेखन प्रतियोगितामा भएको थियो ।

प्रतियोगितामा दुई जिल्लाका बिद्यार्थी सहभागी गरिएको कार्यलय प्रमुख दिवाकर भण्डारीले जानकारी दिनु भएको छ।

Leave A Reply

Your email address will not be published.