Jilla Ban Notis

नदिजन्य पदार्थ अवैध उत्खनन्मा संलग्न ७ वटा ट्याक्टर प्रहरी नियन्त्रण

0 25

बर्दघाट,भदौं–१२
नवलपरासी प्रहरीले नदिजन्य पदार्थ अवैध उत्खनन्मा संलग्न ७ वटा ट्याक्टरलाई  नियन्त्रणमा लिएको छ । जिल्लाका विभन्न स्थानवाट नियत्रणमा लिईएर कावार्हिका लागि पठाईएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
रामग्राम नगरपालिका वडा नं.१२ को झरही खोलाबाट नदिजन्य पदार्थ अवैध रुपमा लोडगरीरहेका बेला लु २ त ९९३५ नंम्वरको ट्याक्टर र रामग्राम नगरपालिका वडा नं.१४ को तुरीया खोलाबाट नदिजन्य पदार्थ अवैध रुपमा लोडगरीरहेका बेलामा लु ३ त ८२१८ नं.को ट्याक्टरलाई नियन्त्रणमा लिईएर कार्वाहिका लागि नगरपालिका पठाईएको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
त्यसै गरी पाल्हीनन्दन गाउंपालिका वडा नं.३ पिपरिहयाको झरही खोलाबाट अवैध रुपमा उत्खनन् गरी मिष्कट बालुवा लोड गर्दै गरेको अवस्थामा ५ वटा ट्याक्टरलाई नियन्त्रणमा लिईएर कार्वाहिका लागि पाल्हीनन्दन गाउंपालिका पठाईएको प्रहरीले जनाएको छ । नियन्त्रमा लिएका ट्याक्टरहरुमा लु ४ त ३८५५, लुु २ त २४१५, लु २ त ९७१९, लु २ त ८५९७ र ग २ त २७५८ रहेका छन्

Leave A Reply

Your email address will not be published.