Sarawal sit lahar Notis

सुनको सिक्री चोरी गर्ने २ जना मोटरसाईकल सहित पक्राउ

0 32

गौरीशंकर जयसवाल

परासी १४ कार्तिाक
पश्चिम नवलपरासी प्रहरीले सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीलाई पिडीतले चोरी गरे लगत्तै दिएको सुचना अनुसार परासी सदरमुकाको बुद्धचोकबाट सुनको सिक्री चोरी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको हो ।

बर्दघाट नगरपालिकाको वडान १३ धनेवा बस्ने बिष्णु चापागाई र बर्दघाट नगरपालिका वडान ११ बस्ने लक्ष्मीदेबी भट्टराईको घाँटीबाट मोटरसाईकलमा सवार दुई जना युवाहरुले थुतेर भागेका थिए । उनीहरुले नेपाली नम्बर प्लेट माथि भारतीय स्टिकर नम्बर प्लेट टाँस्ने र सुरक्षित स्थानमा पुगेपछि स्टिकर गरेकोे प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनवल नगरपालिका वडानं १२ बस्ने बर्ष १९ का देबराज यादव र राग्राम नगरपालिका वडान १३ बस्ने बर्ष २४ का अजय केवट जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक एवं सुचना अधिकारी राजुलामाले जानकारी दिए ।

प्रहरीको अनुसार उनीहरुले बिभिन्न स्थानबाट चोरी गरेको सुनको सिक्री २ थान ,१ तोला ८६ लाल र १ तोला ६३ लाल गरी करिब पौने तिन तौला सुनको सिक्री बरामद गरिएकोे प्रहरी नायब उपरीक्षक लामाले बताए ।

यस्तै उनीहरुको साथबाट मोबाईल २ थान,बैक भौचर २ थान , पर्स पक्राउ गरिएको प्रहरीले जनाएकोे छ । उनीहरुले चोरी गर्न प्रयोग गर्ने लु ७४ प ४५०८ नमबर कालो सुपर मोटरसाईकल पनि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक लामाले जनकारी दिए । पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको नवलपरासी प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.