Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा १ लाख ८५ हजार बढीको अबैध मालसामान बरामद ।

0 22

उर्मिला यादव
साउन २६
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आज जिल्लाको विभिन्न स्थानबाट अन्दाजी १ लाख ८५ हजार १ सय ३० रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ । नेपालबाट अबैध रूपमा भारत तर्फ लैजादै गरेको उक्त मुल्य बराबरको मालसामान बरामद भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ । प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय अमानिगन्जको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुर बाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको अन्दाजी ३२ हजार ५ सय मुल्य बराबरको १३ बोरामा ३ सय २५ किलो मटर बरामद गरेको छ ।उक्त मटर मानिसहरुले टाउकोमा बोकि लैजादै गर्दा प्रहरी टोलिलाई देखि बोरा फालेर भागेका थिए । यस्तै गरि आज नै नेपालबाट भारत तर्फ अबैध रूपमा भन्सार छ्ली लैजादै गरेको अन्दाजी ९० हजार मुल्य बराबरको ३० बोरामा ९ सय किलो केराउ र भारतबाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अन्दाजी १४ हजार ६ सय ३० मुल्य बराबरको १ सय ८५ किलो चिनी र १४ प्याकेट चकलेट सिमा प्रहरी चौकी महेशपुर बाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउपालिका वडा नम्बर २ गोपालपुरबाट बरामद गरेको छ।
एस्तैगरि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलिले भारतबाट अबैध रुपमा भन्सार छ्ली मोटरसाइकलमा राखी ल्याउदै गरेको ३६ पिस लेडिज कुर्ता र सुरुवाल सहित यु पि ५६सि ६९४ नम्बरको मोटरसाइकल र मोटरसाइकल चालक समेतलाई आज दिउसो रामग्राम नगरपालिका वडा नम्बर ४ बैरिहवाबाट नियन्त्रणमा लिएको छ । उत्त कपडाको अन्दाजी मुल्य १८ हजार र मोटरसाइकलको ३० हजार गरि ४८ हजार बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद भएका सबै सामान, १ मोटरसाइकल , र १ जना मानिसलाई आवश्यक कारवाहिको लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.