Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा नदीजन्य पदार्थ चोरी गरिरहेका ६ वटा ट्याक्टर सहित अबैध मालसामान वरामत ।

0 23

गौरीशंकर जयसवाल

परासी २४ भदौ
पश्चिम नवलपरासीमा अबैध रुपमा खोलामा नदीजन्य पदार्थ चोरी निकासी बढेको छ । पछिल्लो समयमा नवलपरासीमा खोला ठेक्का प्रक्रिया बन्द भएपनि खोलामा नदीजन्य पदार्थ चोरी निकासी बढेको पाईएको हो ।  नवलपरासी प्रहरीले अबैध रुपमा खोलामा नदीजन्य पदार्थ चोरी गरिरहेको अवस्थामा ६ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिकाको वडानं ३ बिज्ञाप स्थिती नरायाणी नदीमा अबैध रुपमा गिट्ठी बालुवा उत्खनन गरी लोड गरीरहेको अवस्थामा प्रहरीले ६ वटा ट्क्याटर नियन्त्रण लिएको हो ।

नरायाणी नदीमा नदीजन्य पदार्थ लोड गरी रहेको अवस्थामा लु३ त ४६०८,लु४ त ३१२९,लु४ त ३१५७,लु२ त ३२०९,लु४त२०२६लु४त१२६३ नम्बरहरु ट्याक्टर ईलाक प्रहरी कार्यालय र प्रहरी चौकी कुडियाबाट खटिएको प्रहरीको टोेलीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।६ वटै ट्याक्टर आवश्यक कर्वाहीको लागि सुस्ता गाँउपालिका कार्यालयमा बुझाईएको लामाले बताए । यस्तै नवलपरासी प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट अबैध मालसमाना बरामद गरेको छ ।

नेपालबाट भारततर्फ अबैध रुपमा लैजादै गरेको ५८ हजार बराबरको मूल्य २५ बोरा हरियो मटर सिमा प्रहरी चौकी महेशपुर र प्रहरी चौकी भुजहवाको प्रहरी टोलीले सरावल गाउँपालिकाको वडानं ७भटौलीयाबाट बरामद गरेको हो । प्रतातपुर गाउँपालिकाको वडानं ५ बसहीयाबाट १६ हजार मुल्य बराबरको ४ बोरा हरियो मटर बसहीया प्रहरीचौकीको प्रहरी टोलीले बरामद गरेको प्रहरी नायब उपरीक्षक लामाले जानकारी दिए ।

उक्त मटर मोटरसाईकलबाट लैजादै गरेकोले प्रहरी देख्ेर तस्कार भगेको प्रहरी जनाएको छ । त्यस्तै प्रहरी चौकी महेशपुर प्रहरी टोलीले सरावल गाउँपालिकाको वडानं ७ बुलन्दपुरबाट भारतबाट अबैध रुपमा नेपाल भित्राउदै गरेको अवस्थामा ३४ हजार बराबराको हाईबेयर सामान बरामद गरेको छ ।

यस्तै पाल्हीन्दन गाउँपालिकाको वडानं ४ लोहरौलीबाट भारतबाट अबैध रुपमा नेपाल भित्राउदै गरेको अवस्थामा गेरमी प्रहरी चौकीले १४ हजार बराबराको कुर्ता सुलुवार ब्लाउज थान कपताहरु र भारतबाट नेपालमा अबैध रुपमा भित्राउदै गरेको अवस्थामा अगनीगज प्रहरी चौकीले पाल्हीन्दन गाउँपालिकाको वडानं २ गोेपलपुरबाट २ बोरो चिनी बरामद गरेको प्रहरीले जनाएको छ ।उक्त सबै अबैध मालसमान आवश्य कर्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.