Jilla Ban Notis

नवलपरासी प्रहरीद्धारा अबैध मदिरा पक्राउ गरी नष्ट ।

0 18

गौरीशंकर जयसवाल
परासी,जेष्ठ–१
नवलपरासी प्रहरीले जिल्लाका विभिन्न स्थानवाट अबैध मदिरा वरामत गरी नष्ट गरेको छ । नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा बिभीन्न स्थानबाट सोफि मदिरा र घरेलु मदिरा प्रहरीले बरामत गरी सञ्चारकार्मीहरुको रोहबरमा नष्ट गरेको हो । लकडाउनको मौका छोपी मदिरा तस्कारहरुले नेपालबाट भारत तर्फ पुयाउन सक्रिय रहेको बताईएको छ । प्रहरीले जिल्लाको सिमावार्ती क्षेत्रबाट सोफी ८० कार्टुन ,सुपर ग्रेन्नी ८ कार्टुन,स्टार ३० कार्टुन र घरेलु मदिरा चार सय ४० लिटर पक्राउ गरी प्रहरी कार्यालयमा खाल्टो खान्नी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी एव डिएसपी बिरेन्द्र कुमार थापाले जानकारी दिए । लकडाउन नभएको अवस्थामा भारतबाट व्यक्तिहरु सिमा आएर खाने गरेकोले कोरोना संक्रमणलाई रोकथाम गर्न गरेको नेपाल सरकार र भारत सरकारले सिमानाकामा बन्द सिल भएकोले भारतबाट आउने व्यक्तिहरु मदिरा खाने माग भए बमोजिम मदिरा तस्कारी बढेको डिएसपी थापाले बताए । मदिरा खाएपछि कोरोना संक्रमाण नलाग्ने भएको बुझाईले पनि सिमानाकामा तस्कारी बढेको बताए । लकडाउन उल्लेघन गरी मदिरा तस्करी गर्ने तीन जना पक्राउ गरी व्यक्तिहरुलाई मुद्धा दर्ता गरी मुद्धा चलाईएको डिएसपी थापाले जानकारी दिए । लकडाउनको समयमा भारतमा मदिरा नपाउदाँ नेपालबाट भारत तर्फ नेपालका घरेलु मदिराको माग बढेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.