Sarawal sit lahar Notis

नवलपरासी जिल्लामै पहिलो पटक बर्दघाटमा प्रथम सडक खाना महोत्सव हुने ।

0 55

रामु भुषाल

बर्दघाट,माघ  ८

भम्रण बर्ष २०२० को अवसर पारी होटल तथा रेष्टुरेन्ट व्यवसायी सघं  नवलपरासी र मदिरा व्यवसायी सघं नवलपरासीको संयुक्त आयोजनामा बर्दघाटमा तीन दिबशिय सडक खाना महोत्सव हुने भएको छ । सडक मै खाउ सडकमै रमाउ आन्तरीक तथा बाह्य पर्यटन प्रबद्धन गरौ, नेपाल भम्रण बर्ष २०२० सफल पारौं भन्ने मुल नाराका साथ सुरु हुने मेलाको तयारी र अन्तरक्रिर्या तथा छलफल हुने बुधबार सम्पन्न पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका जिल्ला अध्यक्ष नुमराज अधिकारी एवम मदिरा व्यवासयी संघका जिल्ला अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठको संयुक्त अध्यक्षता जिल्ला समन्वय समिती पश्चिम नवलपरासीका प्रमुख शिव शंकर रायको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बौल्दै प्रमुख अतिथी रायले पर्यटन बर्ष २०२० प्रदेश नं ५ लगाएत देशभर भब्यताका साथ सफल हुने बताउदै जिल्लाले आयोजना गर्ने हरेक गतिबिधीमा स्थानिय तह लगाएत अन्य सरोकारवाला संघ, सस्थाहरु सगं समन्वय गरी अगाडी बढ्न सुझाव दिनुभयो ।

सोही कार्यक्रममा कमर्यक्रमको उद्देश्य बारे जानकारी दिदै महोत्सवका प्रबक्ता बसन्त सुवेदीले जिल्लामै पहिलो पटक प्रथम नवलपरासी सडक खाना महोत्सव २०७६ हुन लागेको जानकारी गराउदै आउदो फागुन १ गतेदेखी ३ गतेसम्म बर्दघाटमा प्रथम नवलपरासी खाना महोत्सव हुने र सो महोत्सव एतिहासीक एवम पर्यटकिय स्थलहरुको पहिचान गर्ने उद्देश्यले आयोजना गरेको बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा बर्दघाट नगरपालिकाका नगर प्रवक्ता एवं वडा न्म्बर ४ का वडाध्यक्ष रविन्द्र विक्रम हमाल, रामग्राम जेसिजका अध्यक्ष भोजराज पौडेल, उद्योग बाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारी, उद्योग बाणिज्य ंघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपाने, उपभोक्ता हकहित सरक्षण मञ्च प्रदेश नम्बर ५का सदस्य धनन्जय पौडेल, युवा संघ नेपालका जिल्ला अध्यक्ष युवराज डुम्रे, नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्मा लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रमाको औचित्य सहित स्वागत मन्तब्य मदिरा ब्यसायी संघका जिल्ला अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन हाटल तथा रेष्टुरेण्ट ब्यवसायी संघका जिल्ला सचिव दिपक रानाले गर्नुभएका थियो ।

 

Leave A Reply

Your email address will not be published.