Jilla Ban Notis

नवलपरासीमा १ लाख बढिको अबैध समान सशस्त्र प्रहरीको नियन्त्रणमा

0 31

सहबान अन्सारी

प्रतापपुर, १३ कार्तिक

नवलपरासीको सिमा क्षेत्रको बिभिन्न ठाँउहरुबाट करिब १ लाख २० हजार २ सय ५० मुल्य बराबरको अबैध सामान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।  बुधवार राती बिषेश सुराकीको आधारमा शसस्त्र प्रहरी बल नेपाल नं. २६ गण हेडक्वाटर पश्चिम नवलपरासीको मातहतमा खटिएको मोबाईल गस्ती टोलीले बिभिन्न स्थानमा ब्यबारिसे अवस्थामा रहेको मोबाईल पार्टस¸ मोटर पार्टस र लत्ताकपडा लगायतका अबैध सामानहरु नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको अबैध सामाहरु आवश्यक कारवाहीको लागी महेशपुर भन्सार कार्यालयमा बुझाईएकोे सुचना अधिकारी रोेशन घिमिरेले जानकारी दिए । जिल्लाको सिमाक्षेत्रहरुमा कपडा,मटर, मोटर पार्टस् लगायत बिभिन्न किसीमको तस्करी मौलाए पछि सशस्त्र प्रहरीले कडा निगरानी बढाएको घिमिले बताए

Leave A Reply

Your email address will not be published.