Sarawal sit lahar Notis

नवलपरासीमा राष्ट्रिय परिचय पत्र वितरणका लागि भोली देखि तथ्याक संकलनकार्य शुरु गरीने ।

0 17

कृष्ण ढकाल
बर्दघाट,साउन–६
राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागले नवलपरासीमा राष्ट्रिय परिचय पत्र वितरणका लागि भोली देखि तथ्याक संकलनकार्य शुरु गर्ने भएको छ ।

विभागले आज नवलपरासीको सदरमुकाम परासीमा एक कार्यक्रमको आयोजनागरी राष्ट्रिय परिचय पत्र वितरणका लागि तथ्याक संकलनकार्य शुरु गर्ने जनाएको छ ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आज नवलपरासीको सदरमुकाम परासीमा आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन सम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी गराईएको थियो ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका सात स्थानिय तहहरुका प्रमुख तथा प्रतिनिधिहरु र सुरक्षाकर्मी एवं पत्रकारहरुको सहागिता रहेको थियो ।
कार्यक्रममा विभागकी निर्देशक विनिता भट्टराईले तथ्याक संकलन अभियानका वारेमा जानकारी गराउदै बर्दघाट नगरपालिकाबाट आफ्नो कार्य शुभारम्भ गर्ने बताउनु भएको थियो ।

एउटै डिजिटल कार्डमा नागरिकका सबैखाले विवरण समावेश गरिने भएकाले नागरिकता,लाइसेन्स,फोटो सहितको मतदाता परिचय पत्र र जग्गाधनी पुर्जा जस्ता सामग्री बोकेर हिड्ने झण्झटवाट मुक्त गर्नका लागि नेपाल सरकारले राष्ट्रिय परिचय पत्र प्रदान गर्न लागेको बताईएको छ ।

राष्ट्रिय परिचय पत्रमा व्यक्तिको जन्मदेखि मृत्युसम्म दर्ता हुने व्यक्तिगत घटनाको विवरण समावेश गरीने बताईएको छ ।

Leave A Reply

Your email address will not be published.