Jilla Ban Notis

नवलपरासीमा ब्राउन सुगर सहित एकजना पक्राउ ।

0 32

सरावल, वैशाख १६
शसस्त्र प्रहरीले ब्राउन सुगर र अन्य लागुऔषधसहित सोमबार एक जनालाई नवलपरासीको सीमावर्ती नाकाबाट पक्राउ गरेको छ । पक्राऊ पर्नेमा नवलपरासी पाल्हीनन्दन गाउँपालिका–३ कुस्माका ३४ वर्षीया शेष कुमार उपाध्याय रहेका छन् । उनलाई शसस्त्र प्रहरी बल नेपाल बि.ओ.पी. भुजहवाबाट खटिएको गस्ती टोलीले सरावल गाउँपालिकाको भुजहवा नाकाबाट ७.१५ ग्राम ब्राउन सुगर र लागुऔषध सहित पक्राउ गरेको शसस्त्र प्रहरी बल नेपाल २६ नं.गण हेडक्वाटर नवलपरासीका उपरीक्षक भरत खनियाले जानकारी दिनुभयो । उनीवाट अन्य ८ सय १४ पिस लागुऔषध समेत वरामत गरीएको थियो । े शेष कुमार उपाध्यायले भारतीय स्कुटीको प्रयोग गरेर उक्त ब्राउन सुगर र अन्य लागुऔषध ल्याएको शसस्त्र प्रहरीले जनाएको छ । पक्राउ परेका उपाध्याय र बरामद भएको लागुऔषध आवश्यक अनुसन्धानका लागि सीमा प्रहरी चौकी महेशपुरमा बुझाइएको शसस्त्र प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.