Jilla Ban Notis

नवलपरासीमा पहिलो पटक कोभिड–१९ आईसोलेसन अस्पताल संचालन हुदै।

0 25

कृष्ण ढकाल
बर्दघाट,बैशाख–७
कोभिड–१९ को जोखिम बढेपछि नवलपरासीमा दुई दिन भित्र कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरीएको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिकाले निमार्ण गरेको कोभिड–१९ आईसोलेसन अस्पताललाई संचालन गर्नका लागि आज ९ लाख ५० हजार रुपैया बराबरको स्वास्थ्य सामाग्रीहरु कोभिड–१९ आईसोलेसन अस्पतालका लागि हस्तानत्रण गरीएको छ ।

प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले आज चिसापानी अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष तथा बर्दघाट नगर प्रमुख धिरज शर्मा बस्याललाई एक कार्यक्रमका विच उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्त्रण गर्नु भएको थियो ।

स्वास्थ्य कार्यालयको समन्वयमा नगर प्रमुखलाई प्रमुख जिल्ला अधिकारी मिश्रले स्वास्थ्य सामाग्री ग्रहण गरेसंगै नगर प्रमुख बस्यालले अब २ दिन भित्र बर्दघाट–२ चिसापानीमा नव निर्मीत कोभिड–१९ आईसोलेसन अस्पतालवाट न्यूनतम १० बेडको सेवा शुरु गर्ने बताउनु भएको छ ।

नवलपरासी जिल्लाका हरेक स्थानिय तहमा अक्सिजन सहितको सेवा दिनेगरी कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरीएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीका निमित्त प्रमुख कृष्ण पोख्रेलले बताउनु भएको छ ।


भाडांको भवनमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आईरहेको नेपालको एक मात्र सरकारी अस्पताल चिसापानी अस्पतालको विषेश निगरानीमा नवलपरासीमा नै पहिलो पटक कोभिड–१९ आईसोलेसन अस्पताल संचालन हुन लागेको हो ।

Leave A Reply

Your email address will not be published.