Jilla Ban Notis

नवलपरासीमा दोश्रो चरणका खोप फाल्गुन २३ गतेबाट शुरु

0 39

गौरीशकर जयसवाल
परासी २१ फागुन
पश्चिम नवलपरासीमा लक्षित वर्गलाई यहि फागुन २३ गते देखि कोभिड विरुद्धको खोप संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय नवलपरासीले आज परासीमा जिल्ला स्तरीय खोप समन्वय समितिका पदाधिकारी र सञ्चरकर्मिहरूबिच गरेको अभिमुखिकरणमा दोश्रो चरणको कोभिड विरुद्धको खोप फागुन २३ गतेदेखि संचालन गर्ने जानकारी दिएको थियो।
दोश्रो चरणमा कोभिड बिरूद्वको खोपमा ६५ वर्ष उमेर समुह भन्दा माथिका लक्षित बर्गलाई खोप संचालन हुने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्ण पोखरेलले जानकारी दिए ।उनका अनुसार दोश्रो चरणमा ६५ वर्ष उमेर समुह भन्दा माथिका रामग्राम नगरपालिकामा २३ देखि २५ गतेसम्म ,३ हजार४ सय ५५ जनालाई ,बर्दघाट नगरपालिकामा २३ देखि २६ गतेसम्म ,३ हजार९ सय८५ जनालाई र सुनवलनगरपालिकामा २३ देखि २६ गतेसम्म ३ हजार५ सय२९ जनालाई खोप दिने तयारी गरीएको छ ।
त्यस्तैगरी सुस्ता गाउँपालिकामा २३ देखि २५ गतेसम्म २ हजार१ सय६९ जना,प्रतापपुरमा २३ देखि २५ गतेसम्म २ हजार८ सय५०जना,सरावल गाउँपालिकामा २३ देखि २५ गतेसम्म ,२ हजार ३ सय ४२ जना,पाल्हिनन्दन गाउँपालिकामा २३ देखि २५ गतेसम्म ,२ हजार १ सय ७३जना गरि टोटल २० हजार ५ सय ६ जनालाई खोप दिईने भएको छ।
सात वटा स्थानीय तहमा रहेका स्वास्थ्य सस्थामा खोप केन्द्र तोकिएको छ । जसअनुसार रामग्राम नगरपालिकामा ९ वटा खोप केन्द्र ,सुनवल नगरपालिकामा ६ वटा खोप केन्द्र ,बर्दघाट नगरपालिकामा ७ वटा खोप केन्द्र ,सुस्ता गाउँपालिकामा ५ वटा खोप केन्द्र ,प्रतापपुर गाउँपालिकामा ७ वटा खोप केन्द्र सरावल गाउँपालिकामा ७वटा खोप केन्द्र र पाल्हिनन्दन गाउँपालिकामा ६ वटा खोप केन्द्र गरि जिल्लामा ४७ वटा खोप केन्द्र निर्धारण गरि खोप लागाउने ब्यवस्था गरीएको पोखरेले बताए ।
जिल्लामा पहिलो चरणमा स्वास्थ्यकर्मी ,स्वास्थ्य सस्थाका अन्य कर्मचारि पालिकाकन स्वास्थ्य सरसफाईकर्मि,एबुलेन्स चालक ,सब व्यवस्थापन सुरक्षाकर्मी जेलका कैदिबन्दी,सञ्चारकर्मी र जनप्रतिनिधिहरू गरि १ हजार १ सय ५२जनालाई लगाईसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्ला स्तरीय खोप समन्वय समितिका अध्यक्ष एवम प्रमुख जिल्ला अधिकारी सागरमाणि पाठकको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशकर राय,नेपाल पत्रकार महासघका पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष हरि शर्मा लगायतले आ अफनोधारण राखेको स्वास्थ्य कार्यालयका मलेरिया ईस्पेक्टर देबिलाल पौडेलले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.