Jilla Ban Notis

नवलपरासीमा कोभिड–१९ संक्रमितको संख्या ५ सय ८२ पुग्यो । (पूर्ण विवरण सहित)

0 27

कृष्ण ढकाल
बर्दघाट,असोज–१७
नवलपरासीमा आज सम्म कोरोना भाईरसको संक्रमण भएका संक्रमितको संख्या ५ सय ८२ पुगेको छ । जिल्लामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या भने ६ पुगेको छ । अहिले सम्म जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीले दिएको जानकारी अनुसार जिल्लामा ६ हजार ५ सय ७२जनाको स्वा संकलन गरिएकोमा ६ हजार ४० जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ भने ५ सय ८२ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसैगरी १२ जनाको पिसिआर रिपोर्ट आउन बांकी रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी ले उपलब्ध गराएको तथ्यांकमा उल्लेख गरीएको छ । त्यसैगरी आजको मितिमा ७७ जना ब्यक्तिहरु क्वारेन्टाईनमा रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीको जनाएको छ ।   

https://www.youtube.com/watch?v=FmI4DKbOh6c&t=3s

Leave A Reply

Your email address will not be published.