Jilla Ban Notis

नवलपरासीको सुस्ता १ मा थारु गायन एवं नृत्य प्रतियोगिता सम्पन्न।

0 16

 बरुवा,माघ–११
थारु ग्लोबल मञ्च पश्चिम नवलपरासी र थारु कल्याणकारिणी सभा पश्चिम नवलपरासीको सयुक्त आयोजनामा थारु गायन एवं नृत्य प्रतियोगिता शनिबार सुस्ता १ सिग्ँहा बरुवामा सम्पन्न भएको छ । मञ्चका जिल्ला अध्यक्ष डोल कुमारी चौधरीको अध्यक्षता, सुस्ता गाउपालिकाकी उपाध्यक्ष ईन्द्र कुमारी थरुनीको प्रमुख आतिथ्यता एवं प्रतापपुर गाउपालिका उपाध्यक्ष अन्जु चौधरीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सुस्ता वडा नम्बर १ का वडाध्यक्ष अशोक चौधरी, थारु कल्याणकारिणी सभाका पुर्व जिल्ला अध्यक्ष एवं सल्लाहकार पुरन चौधरी लगाएतले मन्तब्य राख्दै राज्यले सबै जाति भाष धर्मलाई समेट्न नसकेको र विशेष गरि थारु समुदायलाई राज्यको मुलधारमा ल्याउन नसकेको आरोप लगाउनुभयो । साथै उहाँहरुले आफ्नो पहिचान जोगाउन स्वंयम थारु समुदाय नै लाग्नुपर्ने र यस्ता कार्यक्रमहरुले सो का लगाी टेवा पुग्ने बताउदै सबै थारु समुदाय जुटेर भाषा सरक्षणमा लाग्दै आउदो पुस्तालाई समेत हस्तान्तरण गर्न सकनुपर्ने जरुरी रहेको बताएका थिए । थारु जातिको नया बर्ष २६४४ को अवसर तथा पर्यटन बर्ष २०२० लाई लक्षित गरि कला सस्कृतीको प्रबद्र्धन गर्नका लाग सो प्रतियोगिताको आयोजना गरिएको आयोजकले जनाएको छ । सो अवसरमा नृत्य तर्फ ५ समुह र गायन तर्फ ८ जनाको प्रस्तुती रहेकोमा यस कल्चरल राउण्डबाट उत्कृष्ट हुने प्रतियोगीहरु अर्को राउण्डमा प्रबेश गर्ने आयोजकले जनाएको छ । सो प्रतियोगितामा ६० प्रतिशत जज र ४० प्रतिशत भोटिंग सिष्टम रहेको थियो । सो अवसरमा थारु राष्ट्रिय कलाकारहरुको समेत प्रस्तुती रहेको कार्यक्रममा थारु पत्रकार संघ नवलपरासीका जिल्ला सचिव सन्ध्या महतोको स्वागत मन्तब्य रहेको थियो भने औपचारिक कार्यक्रमको सञ्चालन मञ्चका महासचिव ईन्द्र चौधरीले गर्नुभएको थियो ।
प्रतियोगताको सञ्चालन मञ्चका सचिव अम्रिता चौधरी र शम्भु चौधरीले गर्नुभएको थियो । 

Leave A Reply

Your email address will not be published.