Jilla Ban Notis

नवलपरासीका स्थानिय तहहरु कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारीगर्दै

0 40

कृष्ण ढकाल
बर्दघाट,बैशाख–२०
कोभिड–१९ को जोखिम बढेपछि नवलपरासीका स्थानिय तहहरुले फेरी कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेका छन्। पश्चिम नवलपरासी जिल्लाको पाल्हिनन्दन गाउँपालिकाले भोली देखि नै अक्सिजन सहितको आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेको छ ।

नयां भेरियन्ट सहितको कोरोनासंग सामना गरेका पाल्हिनन्दन गाउँपालिकाका ब्यक्तिहरुको उपचारका लागि गाउँपालिकाले १० बेडवाट आफ्नो सेवा सुचारु गर्ने तयारीमा लागेको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ताले बताउनु भएको छ ।
पाल्हिनन्दन गाउँपालिकाले पाल्हि प्राथामिक स्वास्थ्य केन्द्र,लोहरौलीमा कोभिड–१९ अस्थाई अस्पताल स्थापना गर्न लागेको छ ।

यता सुनवल नगरपालिकाले पनि आफ्नो नगरक्षेत्रका नागरीकहरुको स्वास्थ्यप्रति संवेदनशिल बन्दै भोली देखि नै कोभिड–१९ आईसोलेसन अस्पताल संचालन गर्ने तयारी गरेको छ ।
सुनवल नगरपालिकाले अक्सिजन सहितको २० बेडको आईसोलेसन अस्थाई अस्पताल संचालन गर्ने तयारी गरीएको सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले बताउनु भएको छ ।

त्यस्तै बर्दघाट नगरपालिकाले कोभिड–१९ आईसोलेसन अस्पतालका लागि निमार्ण गरेको भवनलाई आज सफा गरी अन्य सामानहरु लैजाने तयारी गरीरहेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्माले बताउनु भएको छ । उहांले केहि दिनमा अक्सिजन सहित १० बेडको आईसोलेसन अस्पताल संचालन गर्ने बताउनु भएको छ ।

यसअघि बैशाख ७ गते नै दुई दिनमा अक्सिजन सहितको आईसोलेसन अस्पताल संचालन गर्ने बताए पनि अहिले सम्म संचालन हुन सकेको छैन । भवन तथा केहि स्वास्थ्यका सामाग्रीहरु भए पनि कर्मचारी लगाएत अन्य स्रोत साधनको अभाव रहेकोले आईसोलेसन अस्पताल संचालन गर्न नसकिएको बर्दघाट नगरपालिका का स्वास्थ्य शाखा प्रमुखमाधब ज्ञवालीले बताउनु भएको छ ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख बस्यालले २०७७ साल असार ५ गते शिलन्यास गरेर निमार्णको कामशुरु गरेको कोभिड–१९ आईसोलेसन अस्पताल दुई महिनामा नै संचालन गर्ने बताईएको थियो ।
पहिलो चरणमा करिव ७५ लाख र दोस्रो चरणमा करिव २० लाखको लागतमा उपभोक्ता समिति मार्फत निमार्ण भएको उक्त आईसोलेसन अस्पताल भवन अहिले फेरी उपभोक्तालाई नदिईएर नगरपालिका आफैले ठेक्का मार्फत काम गर्न लागिएको छ ।


बर्दघाट–२,चिसापानीको ढेडारी फाँटमा आईसोलेसन अस्पताल निमार्ण शुरु गरे यता बर्दघाट नगरक्षेत्रमा १४ जनाले कोभिड–१९ का काारणले ज्यान गुमाई सकेको बर्दघाट नगरपालिका का स्वास्थ्य शाखा प्रमुख माधब ज्ञवालीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.