Jilla Ban Notis

नवलपरासीका पालिकाहरुलाई शान्ति समाजद्धारा ध्यानाकार्षण पत्र

0 51
प्रकाश न्यौपाने
बर्दघाट,चैत्र–२७
मानव अधिकार तथा शान्ति समाज नवलपरासीद्धारा नवलपरासीमा रहेका ७ वटा पालिकाहरुलाई ध्यानाकार्षण पत्र जारी गरेको छ । स्थानिय तहले एकातिर कोरोनाको माहमारीबाट बचाउनु पर्ने र अर्कोतर्फ “लकडाउन”वा एकान्तबासमा रहेका नागरीकहरुलाइ भोकमरीको चपेटाबाट सुरक्षित गर्नुपर्ने महत्वपुर्ण जिम्मेवारी रहेको मानव अधिकार तथा शान्ति समाज नवलपरासीका अध्यक्ष सन्तोष अधिकारीद्धारा हस्ताक्षरीत पत्रमा उल्लेख गरीएको छ । बर्तमान संकटमा स्थानिय तहहरुले निकै गम्भिर भएर पारदर्शि रुपमा कार्य गर्नु पर्दछ जसका लागी हामीले ध्यानाकाषर्ण गराएका हौ । महाव्याधिको समयमा स्थानिय सरकारले संघियताको औचित्यतालाई पुष्टि गर्ने गरी काम गनुपर्ने बताउदै अध्यक्ष अधिकारी भन्नुहुन्छ – ‘ले महङ्गि, कालोवजारी नियन्त्रण तथा अनुगमन, स्थानिय पलिकाहरुले प्राप्त गरेको सहयोग र विपन्न नागरीकहरुको तथ्याड्ड र राहात वितरण पारदर्शित तवरले सार्वजनिक गर्नुपर्ने, स्थानिय तहले स्वास्थ कर्मि र एम्बुलेन्स चालकलाई पिपिर्ई उपलब्ध गराई मनोबल उच्च गराउनु पर्ने, सार्वंजनिक क्वारेन्टाइनमा रहेका नागरीकहरुकोे उचित हेरचाह र उहाहरुको परिवारकाजनहरुलाई मानविय व्यवहार गर्नुहुन लगायतका विषयहरुमा ध्यान दिन जरुरी छ ।’ देश संकटको घडिमा रहेको यो अवस्थामा सहयोगी हातहरुबाट प्राप्त सहयोग पारदर्शिता तवरले लक्षित वर्गमा पुग्ने गरी काम गर्न हरेक स्थानिय तहहरुलाई अनुरोध गरीएको सचिब गणेश न्यौपानेले बताउनु भयो ।

 

Leave A Reply

Your email address will not be published.