Jilla Ban Notis

दिब्यज्योती बहुमुखि क्याम्पसले दिब्यज्योती जर्नल विमोचन गर्यो ।

0 25

कृष्ण ढकाल
बर्दघाट,असोज–११
बर्दघाट–२,चिसापानीमाको दिब्यज्योती बहुमुखि क्याम्पसमा रहेको रिसर्च म्यानेज्मेन्ट सेल(आर.एम.सि.)द्धारा प्रकाशित दिब्यज्योती जर्नलको आज एक कार्यक्रमका विच विमोचन गरीएको छ । दिब्यज्योती बहुमुखि क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीले उक्त दिब्यज्योती जर्नलको विमोचन गर्नु भएको हो ।

विमोचन कार्यक्रममा बोल्दै क्याम्पस ब्यवस्थापन समितिका अध्यक्ष वृहस्पति अधिकारीले क्याम्पस लगाएत अन्य क्षेत्रका कुनै पनि आवश्यक विषयवस्तुहरुको पहिचान गरी त्यस्ता विषयको खोज अनुसन्धान गर्न जरुरी रहेकोमा जोड दिनु भएको थियो । उहांले समाजका हरेक नयां आयोजनाहरु संचालन गर्दा पहिले त्यसको खोज अनुसान्धान गर्न जरुरी रहेको वताउदै अबका दिनमा सबैमिलेर विषय वस्तुहरुको पहिचानगरी जिम्मेवारी दिएर काम गर्ने बानीको विकास गर्न आवश्यक रहेकोमा जोड दिनु भएको थियो । त्यसैगरी आगामिवर्ष प्रकाशन गर्ने जर्नलमा कम्तीमा १५ देखि २० वटा रिसर्जका रिपोर्टहरु समावेस गरेर प्रकाशन गर्ने तयारी गर्नका लागि आग्रह गर्नु भएको थियो ।

सोही कार्यक्रममा बोल्दै दिब्यज्योती बहुमुखि क्याम्पसका क्याम्पस प्रमुख विष्णु लम्सालले अबका दिनमा सबै प्रध्यापकहरु बढुवा तथा स्थाईहुनका लागि रिसर्ज रिपोंट पनि एक आधार हुन सक्ने संभावना भएकाले अब बेलैमा सबै प्रध्यापकहरु तयारीमा लाग्नु पर्ने बताउनु भएको थियो । त्यसैगरी पूर्व क्याम्पस प्रमुख तथा प्रध्यापक बद्री खनालले अब उचीत विषय वस्तुको खेजी गरेर संयुक्त रुपमा अनुसन्धान गर्ने बानीको विकास गर्न जरुरी रहेको बताउनु भएको थियो । त्यस्तै रिसर्च म्यानेज्मेन्ट सेल(आर.एम.सि.)का सदस्य तथा प्रध्यापक शित्तल अधिकारीले विद्यार्थीहरुलाई थेसिस लेखाउन,प्रोजेक्ट रिपोर्ट सिकाउन रिसर्च म्यानेज्मेन्ट सेल महत्व पूर्ण रहने बताउनु भएको थियो । तर प्राप्त रिर्सोच नहुनु,रिसर्जका मोडल पाउन कठीनाईहुनु आर्किकलको कमी जस्ता कारण नै मुख्य समस्याका रुपमा रहेको बताउनु भएको थियो । अर्का प्रध्यापक शेषकान्त पौड्यालले बर्दघाट नगरपालिकामा आएका कुनै पनि रिसर्जका कामहरु दिब्यज्योती बहुमुखि क्याम्पसलाई जिम्मा दिएमा क्याम्पसका प्रध्यापकहरुले सहि रिसर्ज गर्ने धारणा राख्नु भएको थियो । उहांले अहिले नगरपालिकाले स्थानिय पाठ्यक्रम तथा गर्दा समेत काठ्माण्डौंको कुनै संस्थालाई जिम्मा दिएको र उस्लाई स्थानिय विषयवस्तु केहि थाहा नभएकाले सहि नआउने तर्क राख्नु भएको थियो ।

रिसर्च म्यानेज्मेन्ट सेल(आर.एम.सि.)द्धारा प्रकाशित दिब्यज्योती जर्नलमा नयां तथा पुरानो रिसर्च मोडको गाईडलाईनमा रहेर प्रध्यापकहरु चोला कान्त रेग्मी,सविना पौडेल,टंक प्रसाद सुवेदी,कृष्णबन्धु पौडेल र शेषकान्त पौडेलले गर्नु भएका पांचवटा छुट्ट–छुट्टै अनुसन्धात्मक रिर्पोटहरुलाई समावेस गरेर उक्त दिब्यज्योती जर्नल प्रकाशन गरीएको छ । प्रकाशित अनुसन्धानात्मक लेख तथा रिर्पोटहरुका वारेवा सिर्जकर्ता स्वयमले आफ्ना विषयवस्तुका वारेमा जानकारी गराएका थिए भने प्रध्यापक बद्री खनाल,सरीता खनाल र विष्णु बहादुर थापाले समिक्षा गर्नु भएको थियो ।

५३ पेज लामो उक्त पुस्तक प्रकासनका लागि दिब्यज्योती बहुमुखि क्याम्पसमा रहेको रिसर्च म्यानेज्मेन्ट सेल(आर.एम.सि.)का संयोजक टंक प्रसाद सुवेदी, विष्णु बहादुर थापा,सागरमणी पाण्डे र सित्तल अधिकारी संपादन मंडलमा रहनु भएको छ ।

२०१८ मा पहिलो दिब्यज्योती जर्नल प्रकाशन गरेको रिसर्च म्यानेज्मेन्ट सेल(आर.एम.सि.)ले अहिले २०२० मा अर्काे दास्रो दिब्यज्योती जर्नल प्रकाशन गरेको हो । यद्यपि यो प्रत्येक वर्ष प्रकाशन गर्नु पर्ने हुन्छ जुन राष्ट्रिय पुस्तकालयवाट स्विकृत लिएर कम्तीमा ५ वटा विषयका रिर्सच अर्थात अनुसन्धानात्मक रिपोर्टहरु अनिवार्य समावेशगरी जर्नल प्रकाशन गर्नु पर्ने ब्यवस्था रहेकोस छ ।         https://www.youtube.com/watch?v=yzLIV1woWlA&t=47s

Leave A Reply

Your email address will not be published.