Jilla Ban Notis

दिब्यज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघको अध्यक्षमा उप–प्राध्यापक पुर्णप्रसाद तिमिल्सिना ।

0 21

कृष्ण ढकाल
बर्दघाट,असार–१२
बर्दघाट नगरपालिका वडा नं. २ मा रहेको दिब्यज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघको अध्यक्षमा उप–प्राध्यापक पुर्णप्रसाद तिमिल्सिना सर्बसम्मत रुपमा चयन हुनु भएको छ । आज भएको दिब्य ज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघको भेलाले तिमिल्सिनालाई सर्बसम्मत रुपमा अध्यक्ष्ँमा चयन गरेको हो । दिब्यज्योती बहुमुखि क्याम्पस प्राध्यापक संघकी अध्यक्ष सरीता खनालको अध्यक्षतामा भएको भेलाले प्राध्यापक संघको उपाध्यक्षमा शीतल अधिकारी, सचिबमा राजु पौडेल ,सह–सचिबमा रमेश लम्साल र कोषाध्यक्षमा बोमलाल पाण्डे लाई चयन गरेको छ । त्यस्तै सदस्यमा बिष्णु बहादुर थापा, कमल पाण्डे, गणेश प्रसाद शर्मा, अनिलचन्द्र अधिकारी र मणि पाण्डे लाई चयन गरेको नव निर्वाचीत कोषाध्यक्ष बोमलाल पाण्डेले गाउ“ले दर्पण अनलाईनलाई जानकारी दिनु भएको छ ।

३ वर्षको कार्यकाल रहने सो समितिको कार्यकाल करिव नौ महिना अघि सकिएपनि विभिन्न कारण बस सहमति हुन नसकेपछि रोकिएको बुझिएको छ । तर पछिल्लो ४ महिना भने कोरोनाका कारण ढिलाभएको बताईएको छ । नयां समितिको निर्वाचनका लागि दीपक बहादुर थापाको संयोजकत्वमा तिन सदस्य निर्वाचन मण्डल समेत गठन गरीएको थियो । जस्को सदस्यमा मित्रलाल लामिछाने र कमल पाण्डे रहनु भएको थियो । आज भएको उक्त भेलालाई सम्वोधन गर्दे सह–प्रध्यापक विष्णु लम्सालले प्रध्यापक संघको अहिलेको नयां संविद्यानले जिम्मेवारी बढी दिएको उल्लेख गर्दै नयां जिम्मेवारीहरु पुरा गर्दे प्रध्यापकहरुको हक र अधिकारका लागि अहिलेको नयां टिम लाग्ने विश्वास ब्यक्त गर्नु भएको थियो । त्यसैगरी क्याम्पसको पठनपाठनलाई अझ प्रभावकारी बनाउन र क्याम्पसको पहिचानलाई बझ उचाईमा पुयउन अहिलेको नया टिम श–शक्तरुपमा लागोस भन्ने शुभकामना ब्यक्त गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.